CLASSICTECH NET

पत्रकार सुस्केरा कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिताबाट पुरस्कृत

खबर पूर्वाञ्चल, २५ चैत्र २०७५, सोमबार १८:४६
मुख्यमन्त्री राईबाट कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिताबाट पुरस्कृत हुँदै सुस्केरा । तस्वीर : पुष्पराज थपलिया

विराटनगर / विराटनगरका यूवा पत्रकार सुमन सुस्केरालाई कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टरको आयोजनाले आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सुस्केरालाई नगद सहित पुरस्कृत गरेका हुन् ।

सुस्केरा उज्यालो नेटवर्क, लोकान्तर अनलाईनका समाचारदाता र आवर विराटनगरका प्रधान सम्पादक हुन । उनले नगद ११ हजार १ सय ११ रुपैयाँ र सम्मान पत्रले सम्मानित भएका थिए । यस अघि भक्त राई, मिलन राउत, शान्ती दाहाल र कमल रिमालले सो पुरस्कारबाट पुरस्कृत भएका छन् । हरेक बर्ष प्रेस चौतारीको आयोजनामा हुँदै आएको कार्यक्रम यो बर्ष प्रेस चौतारी र प्रेस सेन्टरको आयोजनामा वितरण गरिएको प्रेस चौतारी मोरङका अध्यक्षा रामचन्द्र अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५