CLASSICTECH NET

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

खबर पूर्वाञ्चल, २३ चैत्र २०७५, शनिबार १५:४८

सुनसरी / सुनसरीको रामधुनी नगरपालिका ६ मा १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जबरजस्ती करणी गरेको आरोपमा २२ बर्षीय शिव सदालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सदाले बालिकालाई चैत्र १७ गते राती घर नजिकै रहेको बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने पिडित बालिकाको आमाले दिएको जाहेरीको आधारमा ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले सदालाई पक्राउ गरेको हो । पक्राउ परेका सदाको सम्बन्धमा थप अनुसन्धान भई रहेको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५