RUMPUM
animated ellipse animated ellipse

कान्छी आमालाई हतियार प्रहार गर्ने छोरा पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ चैत्र २०७५, शुक्रबार ११:१५
3
Shares
मोरङ / मोरङको रतुवामाई नगरपालिका ८ सुवेदी चोकबाट कान्छी आमालाई हतियार प्रहार गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

अनिष बस्नेतको जेठी पटिको श्रीमतीको १९ वर्षिय छोरा रविन बस्नेतले आफ्नै घर कोठामा कान्छी आमा २३ वर्षिय पुष्पा बस्नेतलाई चुलेसी र वेल्चाले प्रहार गरेका थिए । हतियार प्रहारबाट गम्भीर घाइते पुष्पालाई उपचारको लागि विराटनगर स्थित न्यूरो अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

हतियार प्रहार गर्ने रविनलाई प्रहरीको नियन्त्रणमा राखिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर