मिस एसईई प्रतियोगिता हुने

खबर पूर्वाञ्चल, २१ चैत्र २०७५, बिहीबार १६:४८
मिस एसईई प्रतियोगिताको बारैमा जानकारी दिँदै अध्यक्ष सुमन श्रेष्ठ । तस्वीर : पुष्पराज थपलिया

विराटनगर / विराटनगरमा मिस एसईई मोरङ २०७५ हुने भएको छ । ड्रिम्स मिडिया एण्ड इन्टरटेन्डमेन्टको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो ।

आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरि यस वर्षको एसईई परीक्षा दिएर बसेका किशोरीहरूलाई लक्षित गरि उक्त प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ ।

‘बौद्धिकता सहितको सौन्दर्य’ मुल नाराको साथ हुन लागेको प्रतियोगिताको पहिलो अडिसन चैत २९ गते विराटनगरमा हुने भएको ड्रिम मिडिया इन्टरटेन्डमेन्टको सदस्य अर्जुन श्रेष्ठले जानकारी दिए । ‘भर्खर एसईई परीक्षा सकिएको छ । खाली रहेको समयको सदुपयोग गर्न सीप र संस्कार सहितको सौन्दर्य प्रतियोगिता गर्न लागेको हौं,’ उनले भने, ‘हामीले गर्ने यो प्रतियोगिता अन्य स्पर्धा भन्दा भिन्न हुनेछ ।’ उनका अनुसार यो प्रतियोगिता भव्य र सभ्य हुने दाबी गरे ।

प्रतियोगितामा भाग लिएका प्रतियोगिलाई लिडरसिप बनाउन सक्ने एक योग्य व्यक्ती र उनीहरूको प्रतिभा उजागर गर्ने मुख्य उद्देश्यको साथ आयोजना गरिएको प्रतियोगिताको बिजेताले नगद ३० हजार रुपैयाँको साथै ५ लाख मुल्य बरावरको जीवन बिमा गरिने भएको छ । प्रतियोगिताको फस्ट रनरअपले २० हजार र ४ लाख ५० हजारको जीवन विमा र सेकेण्ड रनरअपले १५ हजार तथा ३० लाखको जीवन विमा गरिने ड्रिम मिडियोका अध्यक्ष सुमन श्रेष्ठले बताए । जिवन विमाको प्रायोजक ज्योती लाइफ इन्सुरेन्स कम्पनीले गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको अडिसन खुल्ला रहेकोले दोस्रो अडिसन वैशाख ७ गते हुनेछ । जिल्लाभरीको एसईई दिएका छात्रा विद्यार्थीहरूलाई सहभागि जनाउन आयोजकले मोरङको उर्लाबारी, बेलबारी र रंगेलीमा समेत अडिसन राखेर ड्रिम मिडिया इन्टरटेन्टमेन्टका सदस्य सुशिल घिमिरले बताए ।

फाइनलको लागि २० जना प्रतियोगि छनौट गरिने भएको छ । फाइनल जेठको पहिलो साता हुने बताइएको छ । प्रतियोगिको कोरियोग्राफर मिस नेपालको फाइनलिस्ट अनुपमा बास्तोलाले गर्ने भएकी छिन् । आयोजकले प्रतियोगिताको अडिसनमा भाग लिनेको लागि ५ सय रुपैयाँ तोकेको छ ।

प्रतियोगिता समापन गर्न करिब ८ लाख ५ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । फाइनलमा छनौट भएका किशोरीहरूलाई २२ दिनको प्रशिक्षण दिनेछन् । जहाँ प्रतियोगितहरूले विभिन्न क्षेत्रका विज्ञता हासिल गरेको प्रशिक्षकहरूले प्रशिक्षण दिनेछन् ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५