पूर्वाञ्चल खबर
विराटनगर / नेपाल टेलिक वर्कर्स यूनियनले आफ्रनो दशौं महाधिवेशन ग्राहकलाई सेवा सुविधामा वृद्धि गर्नुमा केन्द्रीत रहने जनाएको छ ।
आज विराटनगरमा नेपाल टेलिक वर्कर्स यूनियनले पत्रकार सम्मेलनको आयोजना गरेर सो कुरा जनाएको छ । टेलिकम यूनियनका केन्द्रीय अध्यक्ष राजेन्द्र दाहालले चैत २१ देखि २३ गते विराटनगरमा हुने महाधिवेशनले कर्मचारीको वृद्धि विकाशका साथै प्राप्त उपलव्धिलाई रक्षा गरी श्रमिको सामाजिक सुरक्षा कायम गर्नु र नयाँ नेतृत्व चयन गर्न महाधिवेशन सफल हुने वताए ।
उनले तोकिएको समय र मूल्यमा टेलिकमले शुरु गरेको आयोजना सम्पन्न गर्न व्यवस्थापनलाई निरन्तर दवाव दिइरहेको जानकारी दिदै ग्राहकलाई गुणस्तर सेवा प्रदान गर्न यूनियन सचेत रहेको समेत वताए । अध्यक्ष दाहालले नेपाल भरीनै आगामी एक वर्षभित्र फोर जी सेवा सञ्चालन पु¥याउन टेलिकमलाई सचेत र द्रुतरुपमा कार्य गर्न दवाव समेत दिइरहेको जानकारी दिए ।
अध्यक्ष दहालले तोकिएको समय र मूल्यमा टेलिकमले शुरु गरेको आयोजना सम्पन्न गर्न व्यवस्थापनलाई निरन्तर दवाव दिइरहेको जानकारी दिदै ग्राहकलाई गुणस्तर सेवा प्रदान गर्न यूनियन सचेत रहेको समेत वताए । अध्यक्ष दाहालले नेपाल भरीनै आगामी एक वर्षभित्र फोर जी सेवा सञ्चालन पु¥याउन टेलिकमलाई सचेत र द्रुतरुपमा कार्य गर्न दवाव समेत दिइरहेको जानकारी दिए ।
नयाँ नेतृत्वका सर्वसम्मत रुपले चयन गर्ने प्रयास रहने भन्दै पूर्व अध्यक्ष कृष्णप्रसाद अर्याल र सह–अध्यक्ष राजेन्द्रपसाद जोशीवीच अध्यक्षका लागि प्रतिस्पर्धा हुने जनाएको छ ।
महाधिवेशनमा नेपालभरीका ७७ जिल्लाका केन्द्रीय प्रतिनिधि र पर्यवेक्षक गरी सात सय जनाको सहभागिता हुने जनाइएको छ।