पूर्वाञ्चल खबर
विराटनगरमा आज पत्रकार सम्मेलनको आयोजना गरि उपचारको लागि आमा धनमाया तामाङले छोरीको जीवन रक्षामा सहयोग गरिदिन याचना गरेकी हुन् । छोरीले दुुर्व मृगौला गुुमाएपछि गरिविका कारण उपचारमा समस्या भएको भन्दै छोरीको जिवन वचाउन आमा धनमायाले सवैसंग आग्रह समेत गरिन् ।
धनमायाको श्रीमानको १२ वर्ष अघि मृत्युु भएको थियो । उनका श्रीमानले रिक्सा चलाएर परिवारको गुुजारा चलाउँदै आएका थिए । त्यो साहारा खोसिएपछि पार्वतीको दिदिले घरघरमा काम गरेर परिवार चलाउँदै आएकी छिन् । आफुु छोरीको हेरचाहमा लागेपछि जेठी छोरीले अरुको घरमा काम गरेर परिवार धान्दै आएको धनमायाको भनाई छ ।
पार्वती पहिले युुएनडिपिमा भान्सेको रुपमा काम गर्थिन । एक वर्षदेखि दुवै मृगौला गुुमाएकी पार्वतीको विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा डायलासिस भइरहेको छ । डायलासिस निशुुल्क भएपनि औषधिकालागी पैसा लाग्ने गरेको आमा धनमाया भनाई छ । रगत किन्न, औषधि किन्न साथै विरामीको उपचारमा मासिक २० हजारभन्दा वढि रकम लाग्ने भएपनि अहिलेसम्म सहयोग नपाएको गुुनासो उनको छ ।
पत्रकार सम्मेलनमा आमा धनमायाले छोरीको जिवन रक्षाका लागी सवैसंग सहयोगका लागी अपिल समेत गरिन् । उनकी आमाले उनलाई मृगौला दिने भनिए पनि आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएको हो । उनलाई अहिले सहयोगी मनहरुको आवश्यकता छ । सो परिवारले एनआईसी एसिया वैंकमा पार्वतीको उपचारमा सहयोग जुुटाउन ८७०२८२७४८५२४०१ नं को खाता खोलेको र त्यसका लागी सहयोग गर्न आग्रह समेत गरेको छ ।