CLASSICTECH NET

हावाहुरीले बारा र पर्सामा ३१ जनाको मृत्यु , ५ सय बढी घाइते

मृतकका परिवारलाई प्रदेश सरकारले तत्काल ३ लाख रुपैयाँ राहत दिने
खबर पूर्वाञ्चल, १८ चैत्र २०७५, सोमबार ०७:५९

विरगञ्ज / आइतबार साँझ परेको बर्षासँगै आएको हावाहुरीका कारण बारा र पर्सा जिल्लामा गरी ३१ जनाको मृत्यु भएको छ भे ५ सय जना भन्दा बढी घाइते छन् ।

बारामा २७ र पर्सामा ४ जनाको मृत्यु भएको बारा प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन भने बाकी रहेको छ । रातिदेखि नै घाइतेको उद्दार जारी भए पनि अस्पतालमा प्राप्त बेडहरू नहुँदा समस्या भएको छ बारा प्रहरीका प्रवक्ता (डिएसपी) होमबहादुर शाहीले जानकारी दिए ।

हावाहुरीले बाराको इँटा भट्टाको चिम्नी भत्किँदा ३ जनाको मृत्यु भएको थियो भने गुड्दै गरेको गाडी पल्टाउँदा २ जनाको मृत्यु भएको बारा प्रहरीजे जनाएको छ ।

हावाहुरीले सबैभन्दा ठूलो क्षति बाराको भरवलीयामा भएको छ । राति करीब ८ बजेतिर वर्षासँगै चलेको हावाहुरीका कारण बिद्युतको पोल ढलेको थियो । यसले धेरै मानवीय क्षति गराएको छ ।

हावाहुरीको प्रभाव भलुही, पुरैनिया परसौन, बिजवनियालगायतका स्थानमा देखिएको बारा प्रहरीका प्रवक्ता शाहीले जानकारी दिए ।उनका अनुसार घाइतेहरुलाई उद्दार गरेर वीरगञ्ज पुर्याइएको छ । नारायणीलगायतका अस्पतालमा बेडको अभाव भएकाले भुईँमै राखेर उपचार भइरहेको बारा प्रहरीले जनाएको छ ।

ठूलो हावाहुरी आएको र घर लगायतका भौतिक संरचनामा क्षति भएकाले त्यहाँ पुरिएको हुनसक्ने डिएसपी शाहीले बताए । उद्दार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको छ । पर्साका विभिन्न स्थानमा भएका घाइतेहरूको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ । हुरीका कारण आपतमा परेकाहरूको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको बारा प्रहरीले जनाएको छ ।

बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषदले गहिरो दुःख प्रकट गरेको छ । आज बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५