CLASSICTECH NET

पत्रकार न्यौपाने र पोखरेल पुरस्कृत

खबर पूर्वाञ्चल, १७ चैत्र २०७५, आईतवार १५:४७

विराटनगर / पत्रकार कल्याण कोष मोरङले विराटनगरका दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ ।

पत्रकार कल्याण कोष मोरङको ३३ औं बार्षिकोत्सवको अवसर पारेर आज ३५ हजार राशीको सिर्जनशील पत्रकारिता पुरस्कार अग्रज पत्रकार अनन्तराज न्यौपानेलाई प्रदान गरिएको छ भने १५ हजार राशीको उदियमान पत्रकारीता पुरस्कारबाट यूवा पत्रकार गोपाल पोखरेलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुने दुवैजनालाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पुरस्कृत गरेका छन् ।

कार्यक्रममा बोल्दै मेयर पराजुलीले पत्रकारीता र पत्रकारको विकास वृद्धिका लागि महानगर पालिका सधै तत्पर रहेको बताए । उनले पत्रकार पत्रकारीताको मूल्य र मान्यतामा रहेर समाचार लेख्न अनुरोध गर्दे पत्रकार कल्याण कोष मोरङलाई ३ लाख रुपैया दिइने घोषणा समेत गरे ।

पत्रकार कल्याण कोष मोरङका अध्यक्ष प्रल्हाद साहले यो संस्था पत्रकारिता क्षेत्रमा क्रियाशीलहरुको विकास र वृद्धिका लागि सधैव तत्पर रहेको बताए । कार्यक्रममा पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइटेल, मोरङ अध्यक्ष बन्धु पोखरेल लगायतले संस्थाले गरेको कामको प्रशंसा गरे । मोरङलाई कार्य क्षेत्र बनाई कार्यरत पत्रकारहरुलाई यो संस्थाले पुरस्कृत गर्दे आएको छ ।

तपाईको प्रतिक्रिया

moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५