AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश सरकारले प्रदेशमा सुचनाको हक सम्बन्धी कानुन छिट्टै ल्याउँछ– मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ चैत्र २०७५, शनिबार १८:१६
3
Shares
सम्मानित पछि गाउँले र लम्साल । तस्वीर पुष्पराज थपलिया
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले आगामी वजेट अधिवेशनमा प्रदेश सरकारले प्रदेशमा सुचनाको हक सम्बन्धी कानुन ल्याउने बताएका छन् ।

नेपाल पत्रकार महासंघको ६४ औ स्थापना दिवसको अबसरमा आज नेपाल पत्रकार महासघ मोरङ शाखाले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री राईले कानुनसंगै प्रदेशमा प्रदेश सुचना आयोग गठन गर्ने बताएका हुन् । मुख्यमन्त्री राइले सुचनाको हक सम्बन्धी कानुनले जनताको अधिकार स्थापित गर्दै शासन शक्ता सञ्चालनमा सहयोगी हुने भएकोले छिट्टै कानुन ल्याउन लागिएको बताएका हुन् ।

मुख्यमंत्री राईले चालुु अधिवेशनवाटै प्रदे्श न १ को राजधानी र नामाकंनको विषय टुगो लगाउने समेत वताएका छन् । उनले प्रदेशको राजधानी र नामकंनको विषयले प्रदेसभामा प्रवेश पाई सकेको वताए । मुख्यमंत्री राईले विप्लव माओवादी समुह पनि चाडै राजनिति मुलधारमा आउने वताए । उनले हिंसाको राजनिति कहिलेपनि सफल नहुने भन्दै शान्तीपुर्ण राजनितिमा आउनु वाहेको अरु विकल्प विप्लव माओवादी समुहसँग नभएको वताए ।

कार्यक्रममा राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले सुचनाको हक सम्बन्धी कानुन बनाउन प्रदेश एक पहिलो हुनु पर्ने भन्दै आफु सहयोग गर्न तयार रहेको बताए । यसैगरी सुतेर अधिकार नपाइने भएकोले जनताले आफ्नो अधिकार स्थापित गर्न जागरुक हुनुपर्ने समेत बताए । बास्कोटाले सुचनाको हक सबै जनताका लागि भएकोले यसको प्रयोग गर्न आग्रह गरे ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जनतालाई बाध्ने कानुन मात्र कडा बनाइनु होइन सेवा प्रदायकलाई बाध्ने कानुन कडा हुनु पर्ने भन्दै सुचनाको हक सम्बन्धी कानुन प्रदेश सरकारले चाडै ल्याउने वताए । उनले मुलुकमा सुशासन र समवृद्धिकालागी पत्रकारहरुले कलम चलाउनु पर्नेमा जोड दिए ।

सो अबसरमा षष्टिका बस्नेत सुचनाको अधिकार पुरस्कार २०७५ बाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले र षष्टिका बस्नेत सुचनाको अधिकार प्रोत्साहन पुरस्कार २०७५ बाट विराटनगरका पत्रकार तथा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्साललाई प्रदान गरिएको छ । पुरस्कारको राशि क्रमश ५१ हजार र ११ हजार रहेको छ । उनीहरुलाई मुख्यमन्त्री शेरधन राइले पुरस्कार प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर