RUMPUM
animated ellipse animated ellipse

प्रहरीले लखेट्दा दुर्घटनामा परि विप्लबका सचिव भट्टराई घाइते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ चैत्र २०७५, शुक्रबार १७:००
3
Shares

विराटनगर /विराटनगरमा विप्लव नेतृत्वको नेकपाका एकजना जिल्लास्तरीय नेतालाई प्रहरीले लखेटी लखेटी पक्राउ गरेको छ ।

हिजो साँझ विराटनगर बजारमा प्रहरी र विप्लवका मोरङ जिल्ला सचिव नवराज भट्टराईको भेट भयो । प्रहरीले नियन्त्रणमा लिन खोज्दा भट्टराई मोटसाइकलमा भागे । पुष्पलाल चोकदेखि उत्तरतर्फ भान्दै गर्दा सचिव भट्टराईको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा घाइते भएका भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी श्रोतले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा परेका सचिव भट्टराईको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा भर्ना गरिएयो । तर, उपचार सम्भव नभएपछि बिहीबार राती नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

केही समय यता प्रदेश नम्बर १ मा करिब २० जना विप्लब समुहका कार्यकर्ता प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्दै चैत्रभित्र हतियार नबुझाए जसरी पनि विप्लब समुहलाई जसरी भएपनि नियन्त्रण गरिने बताएसंगै प्रहरीले प्रदेश नम्बर १ मा समेत अपरेसन नै सुरु गरेको छ ।

प्रदेशका विभिन्न जिल्लाबाट दैनिक जसो विप्लबका कार्यकर्ता पक्राउ परेपनि औपचारीक रुपमा प्रहरीलेसार्वजनिक भने गरेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर