CLASSICTECH NET

लगानी सम्मेलन : बाध्यता की रहर ?

खबर पूर्वाञ्चल, १२ चैत्र २०७५, मंगलवार २१:१०
रामकिशोर मेहता
                

रामकिशोर मेहता
दशकौंको राजनितीक संकटको सफल अवतरण र मmण्डै दशकौं लगाएर बनेको नेपालको वर्तमान संविधान पश्चात अहिलेको प्रमुख प्राथमिकतामा रहेको देशको आर्थिक वृद्घिदरलाई सक्दो उच्च बनाई अति कम विकशित राष्ट्र बाट विकासोन्मुख राष्ट्रहरुको समुहमा पुर्याउन तथा वर्तमान नेपाल सरकारको नारा “समृद्घ नेपाल, खुशी नेपाली” लाई साकार पार्नको लागी यहि चैत्र १५ र १६ गते काठमाडौंको सोल्टी होटलमा सरकारले लगानी सम्मेलनको आयोजना गर्देछ ।

यस सम्मेलनको उद्दघाटन चैत्र १५ गते सम्मानिय् प्रधानमन्त्री श्री के.पि.ओलीबाट हुने क्रार्यक्रम तय भएको छ । यस सम्मेलनमा विभिन्न ५० देशहरुबाट सहभागिता हुने भएको छ र हाल सम्म्ममा कम्तिमा ३८ देशहरुबाट ६०० भन्दा बढी लगानीकर्ता, विकास सामmेदार, सरकारी प्रतिनिधी, सरोकारवाला र विज्ञहरुको सहभागिता सुनिशिचत भईसकेको छ र यस संख्यामा वृद्घि हुने अपेक्षा गरिएको छ । यसमा १६० भन्दा बढी नेपाली लगानीकर्ताहरुको समेत सहभागिता रहने छ ।

वैदेशिक लगानीको आवश्यकता
सरकारले यस वर्षको आर्थिक वृद्घिदर ८ प्रतिशत हुने भनि अनुमान गरेको छ । तर अन्तराष्ट्रिय मुद्रा कोष र विश्व बैंकले सो दर ६.५ प्रतिशतको हाराहारीमा हुने प्रतिवेदन सार्वजनिक गरेको छ । हाल नेपालको अर्थतन्त्रको आकार ३ खर्वको रहेको छ ।

सो कुल ग्राहस्थ उत्पादनमा रेमिटयान्सको योगदान सवै भन्दा बढी रहेको छ र अधिंकाश आम्दानी दैनिक उपभोग्य बस्तुमा नै खपत भईरहेको कारण कुल आम्दानीको लगभग १० प्रतिशत मात्र बचत भईरहेको वर्तमान परिपेक्ष्यमा र निर्यातको तुलनामा १६ गुणा भन्दा बढी आयात गर्नुपर्ने बाध्याता रहेको नेपालको अर्थतन्त्रको अहिलेको सवभन्दा बढी प्राथमिकता नै लगानी बढाई देशको आर्थिक वृद्घिदरलाई उच्चतम् विन्दुमा पुर्याई देशमा विद्यमान रहेको लाखौं उर्जाशिल यूवाको सस्तो परिश्रमलाई सदुपयोग गर्न देशको औद्योगिककरणको लागि चाहिने आवश्यक परिपूरक पुँजी निर्माण गर्नको लागी लगानी सम्मेलनको आवश्यकता रहेको तथ्य पुष्टि नै भएको छ। सन् १९९० को दशकमा कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको १३ प्रतिशत योगदान रहेकोमा हाल सो योगदान ६ प्रतिशतमा मmरेको तथ्य समेतबाट देशमा लगानीको लागी चाहिने पुँजीको अभाव रहेको कुरा प्रमाणित हन्छ ।

तर्सथ, देशको अर्थतन्त्रलाई वर्तमान कृषिमा आधारित अर्थतन्त्रबाट औद्योगिककरणमा रुपान्तरण गर्नको लागी चाहिने आवश्यक पुँजी जुटाउनको लागी वर्तमान सरकारले लगानी सम्मेलनको आवश्यकता महसुस गरेको हुनुपर्दछ ।

वैदेशिक लगानीको ईतिहास
सन् १९८० को दशकको मध्य तिर नेपाल सरकारले उदारिकरणको नीति अवलम्बन गरेपछि सन् १९९० को दशकबाट नेपालमा वैदेशिक लगानी भित्रिन थालेको हो । तर्सथ, नेपालमा वैदेशिक लगानीको ईतिहास लामो छैन । नेपालको ठुला, ममmौला तथा साना समेत गरि हाल सम्ममा कुल २५२ वटा विभिन्न क्षेत्रका उद्योग तथा व्यवसायहरुमा वैदेशिक लगानी भएको पाईन्छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको एक प्रतिवेदन अनुसार सन् २०१६ मा संसारको जम्मा वैदेशिक लगानीको ०.०१ प्रतिशत तथा दक्षिण एसियाको कुल लगानी मध्ये ३.१ प्रतिशत लगानीमात्र नेपालमा भित्रिएको पाईन्छ । नेपालमा हाल सम्मको वैदेशिक लगानीको विषलेषण गर्दा गत वर्ष सवैभन्दा बढी लगानी गर्ने देश चीन रहेको थियो। तर यो वर्ष भने भारतले चीनलाई उच्छिनेको अवस्था छ। भारतले हाल सम्ममा ४३ वटा परियोजनाका लागी ५ अर्व ५८ करोड लगानी गरेको छ ।

भारत पछि चीन, सिंगापुर र दक्षिण कोरिया नेपालमाा सवै भन्दा बढी लगानी गर्ने देशहरुमा पर्दछन। गत आर्थिक वर्षको तुलनामा चालु वर्ष (२०७५÷०७६) को ८ महिना (साउन देखि फागुन सम्म)मा ६७.७७ प्रतिशतले वैदेशिक लगानी सम्रगमा घटेको छ पाईन्छ । गत आ.व. २०७४÷०७५ को यसै अवधिमा रु. ३४ अर्व ९१ करोड भित्रिएको थियो भने चालु आ.व.को सोहि अवधिमा रु. ११ अर्व २५ करोड माात्र भित्रिएको छ । क्षेत्रगत रुपमा हेर्दा केहि क्षेत्रहरु जस्तै सेवा र पर्यटनमा क्रमशः रु. १ अर्व ८० करोड र ३ अर्व ६७ करोड रकम भित्रिएको तंथ्याक उद्योग विभाग संग रहेको छ ।

यस अघि २०७३ फाल्गुन महिनामा तत्कालिन सरकारले २ दिने लगानी सम्मेलनको आयोजना गरेको थियो। उक्त सम्मेलनमा १ खर्व मात्र लगानीको अपेक्षा गरेको भए पनि १४ खर्व लगानीको प्रतिवद्घता आएको थियो । तर, हाल सम्ममा प्रतिवद्घता गरिएको रकम भन्दा निकै कम रकम माात्र लगानीको रुपमा भित्रिएको तंथ्याक सार्वजनिक भएको छ ।

यस सम्मेलनबाट अपेक्षा
यस अघिको लगानी सम्मेलनबाट पाएको प्रतिबद्घताबाट उत्साहित भएर होला यस पटक रु ३० खर्बको जम्मा ६३ वटा आयोजनाहरु सरकारले विदेशी लगानीकर्ताहरु मामm लिएर प्रस्तुत हुने जानकारी प्राप्त भएको छ । यी आयोजनाहरु मध्ये ४६ वटा सरकारी र बांकी १७ वटा निजी आयोजनाहरु रहेको छ ।

नेपाल लगानी बोर्डबाट प्राप्त जानकारी अनुसार उर्जा क्षेत्रलाई विषेश प्राथमिकता दिईएको छ भने यातायात र उडयन क्षेत्रलाई समेत प्राथमिकतामा राखि अरु विषेश रणनितीक महत्व राख्ने देशै भरिबाट र सवै प्रदेशलाई समते विषेश ध्यानमा राखेर लगानीका आयोजनाहरु छनौट गरिएको छ । लगानीकर्ताहरु मामm प्रस्तुत गरिने आयोजनाहरु उर्जा, पर्यटन, उद्योग, यातायात पूर्वाधार, सूचना तथा संचार र कृषि क्षेत्रका विभिन्न परियोजनाहरु रहेका छन्। नेपालको लगानी वातावरण तथा मौकाहरुको बारेमा विस्तृत जानकारी संसारका लगानीकर्ताहरु समक्ष पुर्याउने उदेश्य पनि सरकारले लिएको छ ।

तर सरकारले के ध्यान दिन जरुरी छ भने लगानीको प्रतिवद्घता मात्र पाउनु चाँहि पक्कै पनि उपलब्धिी होईन । लगानी कर्ताहरुबाट पाएको प्रतिवद्घतालाई मौद्रिककरण गर्न नसके सम्म कुनै ठोस प्रगति भएको भन्न सकिने अवस्था हुदैंन। वैदेशिक लगानीलाई विषेश किसिमले उत्पादनशिल क्षेत्रमा परिचालन गरेर, लगानी सँग समबंधित विभिन्न जोखिमहरु कम पार्न सकिने उपायहरु अबल्म्बन गरेर र निजी तथा सार्वजानिक सामmेदारी कार्यक्रमहरुको चुस्तदुरुस्त कार्यन्वयनबाट वैदेशिक लगानीहरुको प्रतिवद्घतालाई मौद्रिकीकरण गर्न सकिन्छ ।

ग्लोबल ईन्भेष्टमेन्ट कम्पिटिटिभनेस् रिर्पोट २०१७÷०१८ अनुसार कुनै पनि देशमा लगानी गर्ने वा नगर्ने लगानीकर्ताहरुको निर्णयलाई संम्बंधित देशमा रहेको राजनीतिक स्थिरता र व्यवसाय मैत्रि नियामक वतावरणले महत्वपुर्ण प्रभाव पार्दछ ।

हुन सक्ने फाईदाहरु
कुनै पनि देशमा भित्रिने वैदेशिक लगानीबाट केवल रकम मात्र नभित्रिई यो सँगसँगैं अन्य विभिन्न नँया नँया प्रविधीहरु, व्यवस्थापन कलाहरु, बजारीकरण गर्न चाहिने क्षमताहरु पनि भित्रिने गर्दछ । यसका साथै स्थानियको रोजगारी अभिवृद्घि हुनुको साथै देशमा रहेको क्षेत्रिय असन्तुलनको पनि न्यूनिकरण हुने भएकोले वैदेशिक लगानीबाट धेरै नै फाईदाहरु प्राप्त हुने देख्न्छि ।

अपनाउनु पर्ने सावधानीहरु
देशमा धेरै भन्दा धेरै लगानी भित्रियोस् भन्ने उदेश्य परिपुर्ती गर्नकोलागी अन्धाधुन्ध कानुनहरु परिमार्जन तथा निर्माण भईरहेको सामाचारहरु प्राप्त भईरहेको छ । यसरी गहन छलफल नगरिकन बनाईने तथा संशोधन गरिने कानुनहरुबाट भविष्यमा सिर्जना हुन सक्ने जोखिमहरु समेतलाई ध्यान दिनु पर्ने देखिन्छ । साथै, कुन कुन क्षेत्रमा कति प्रतिशत सम्म लगानी गर्न पाउने र कुन क्षेत्रमा लगानी गर्न नपाउने कुराहरु पनि प्रष्ट संग उल्लेख गरिएन भने यसबाट कुनै अपठयाराहरु नआउला भन्न सकिन्न । तर्सथ, बेलैमा होस् पुर्याएर माात्र लगानी ल्याउनु देश तथा जनताको हितमा होला।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५