RUMPUM
animated ellipse animated ellipse

मेयरकप फूटबलको सेमिफाइनल समिकरण पुरा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ चैत्र २०७५, मंगलवार २०:४८
3
Shares

सुनसरी / ईटहरीमा जारी मेयरकप खेलकुद प्रतियोगिता अन्तर्गत फूटबलको सेमिफाइनल समिकरण पूरा भएको छ ।

आज भएको अन्तिम क्वाटरफाइनलमा बराहक्षेत्र नगरपालिकाले ईटहरी नगरपालिकाको निलो टिमलाई पराजित गरेसंगै सेमिफाइनल समिकरण पुरा भएको हो । बराहक्षेत्र नगरपालिकाले ईटहरी निलोलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गरेको छ ।

निर्धारित समयमा दुवै टिमबाट कुनै पनि गोल नभएपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा बराहक्षेत्रको तर्फबाट रोशन भुजेल, अनिल धामी, निशान लिम्बु र बिष्णु पराजूलीले गोल गरे । रविन खड्काको प्रहार बाहिरिएको थियो । यस्तै ईटहरीको तर्फबाट एलोन राई, निकेश तामाङ र अनिश चौधरीले गोल गर्दा सन्तोष दाहाल र विवश गुरुङको प्रहार बाहिरिएको थियो । खेलको म्यानअफ द म्याच ईटहरी निलोका करण सुनुवार घोषित हुदै नगद २ हजार पाए ।

प्रतियोगिता अन्तर्गत बुधबारबाट सेमिफाइनलका खेलहरु सुरु हुनेछन । बुधबारको पहिलो सेमिफाइनलमा दुहबी नगरपालिका र रामधुनी नगरपालिका बिच हुनेछ । यस्तै बिहिबारको अन्तिम सेमिफाइनल खेल धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिका बिच हुने प्रतियोगिता संयोजक केशव कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर