पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर जारी पाँचौ साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा २२ वर्षकी सावित्रा भण्डारी भारतविरुद्धको खेलमा पहिलो हापमा गरेको गोलसँगै सावित्राले नयाँ इतिहास रचेकी छिन् ।
सावित्रा आज गरेको गोलले नेपाली महिला फुटबलको इतिहासमै उच्च गोलकर्ताको दोस्रो स्थानमा पुगेकी छिन् ।सावित्राको राष्ट्रिय टिमका लागि २७ खेलबाट यो २६ औं गोल हो । उनले २०१४ मा पाकिस्तानमा भएको साफ महिला च्याम्पियनसिपमा भुटानसँगको खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन् । सावित्राभन्दा अघि अनु लामाले २८ खेलमा ३५ गोल गरेकी छिन् ।