AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अदालतको फैसला सबैले स्वीकार गर्नु पर्छ –उपप्रधानमन्त्री पोखरेल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ फाल्गुन २०७५, शुक्रबार १४:११
3
Shares
विराटनगर / संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले वताएका छन् ।

आज विराटनगर विमान स्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले सो कुरा बताएका हुन् । उनले भने सम्मानिय अदालतको फैसला सबैले स्वीकार गर्नु पर्ने बताए ।

अदालतको फैसलाको विरुद्धमा आन्दोलन गर्छ राष्ट्रिय जनता पार्टीको भनाई उचित होइन भन्दै कानून सबैले इमान्दारीताकासाथ परिपालना गर्नु पर्ने उपप्रधानमन्त्री पोखरेलल बताए ।

मुलुकका तीन तहकै सरकारको अधिकार संविधानले सुनिश्चित गरिसकेको स्पष्ट पार्दै उपप्रधानमन्त्री पोखरेलले सरकारले आफ्नो अधिकारलाई कार्यान्वयन गर्न कानून निर्माण गरिरहेको जानकारी दिए ।

उपप्रधानमन्त्री पोखरेलले मुलुकमा तीव्र गतिमा विकाश हुने कार्यको आधार निर्माण भइसकेको वताउँदै अपराधिक गतिविधि गर्नेलाई सरकारले नियन्त्रण गर्ने जानकारी दिए । दूई कम्युनिष्ट पार्टीको एकता पनि छिट्टै हुने भन्दै उपप्रधानमन्त्री पोखरेलले विशुद्ध एवं व्यावसायिक नेपाली सेनामा राजनीतिक हस्तक्षेप कहिले पनि नहुने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर