RUMPUM
animated ellipse animated ellipse

महिला साफ खेल्न निरू थापाको कप्तानीमा नेपाली टोली छनोट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ फाल्गुन २०७५, बिहीबार २०:५६
3
Shares

विराटनगर / निरू थापाको कप्तानीमा विराटनगरमा हुने पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेलाडी छनोट भएका छन् ।

महिला साफ च्याम्पियनसिप फुटबल खेल्नका लागि २० जना खेलाडी अन्तिम नामावली अखिल नेपाल फुटबल संघ एन्फाले आज सार्वजनिक गरेको हो ।

छनोट भएका खेलाडीको साफ खेल्न लामो समयदेखि अभ्यास गर्दै आएका २३ जना खेलाडीहरूमध्ये २० जना खेलाडी छनौट गरिएको मुख्य प्रशिक्षक हरि खड्काले जानकारी दिए । प्रशिक्षक खड्का अनुसार निरू थापाको कप्तानीमा नेपाली टोली मैदान उत्रिने छन् ।

एन्जीला सुब्बा, अजन राना मगर र उषा नाथ गरि ३ जना गोपकिपर छन् । त्यस्तै गीता राना, पुनम जर्गामगर, अमृता जैसी, मनमाया लिम्बु, हिराकुमारी भुजेल, पूजा राना, कविता धिमाल, र दिपा राई गरि ७ जना डिफेन्डर छन् भने रेणुका नगरकोटी, सरू लिम्बु, अनिता बस्नेत, मन्जली योन्जन, सर्मिला थापा मगर, गरि ६ जना मिड फिल्डर छन् । रेखा पौडेल, सावित्रा भण्डारी र कप्तान निरु थापा फरवार्ड छन् ।

पहिलो पटक नेपालले आयोजना गर्न लागेको महिला साफ च्याम्पियनसिपको उपाधि जित्न नेपाललाई यसपटक दोहोरो मौका छ । नेपाली महिला राष्ट्रिय टोली अहिले विराटनगरस्थित डिपिएस स्कूलको खेलमैदानमा अभ्यासरत छन् । गत महिना भारतको केरलामा भएको हिरो महिला कपमा उत्कृष्ट प्रर्दशन गर्दै उपविजेता बनेको टोली उच्च मनोबलका साथ विराटनगर आएको छ । सार्कका ६ राष्ट्र सम्मिलित साफ च्याम्पियनसिपमा नेपालको मुख्य प्रतिद्वन्द्वीको रुपमा भारत रहेको छ ।

इटहरी र काठमाडौंपछि विराटनगरमा आएर प्रशिक्षणमा जुटिरहेको छ । मुख्य प्रशिक्षक खड्का अभ्यास गर्ने लामो समय मिलेको हुँदा उत्कृष्ट प्रर्दशन हुने दाबी गर्छन । भारतमा भएको खेलका कमजोरीलाई सच्याउँदै साफ च्याम्पियनसिपमा जित्ने लक्ष्य रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर