RUMPUM
animated ellipse animated ellipse

प्रेस स्वतन्त्रता विना लोकतन्त्रको महत्व नरहने –सभापति देउवा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ फाल्गुन २०७५, बिहीबार २०:२५
3
Shares

विराटनगर / प्रेस स्वतन्त्राविनाको लोकतन्त्रको महत्व नरहने नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वताएका छन् ।

विराटनगरबाट प्रकाशित हुने न्यू सृष्टि दैनिक पत्रिकाको आठौँ वार्षिकोत्सव समारोहको आज उद्घाटन गर्दै सभापति देउवाले लोकतन्त्रमा प्रेस स्वतन्त्रताको अन्योेश्रित सम्बन्ध रहेको बताएका हुन् ।

नियमनको नाम समाजिक सञ्जालमा सरकारले नियन्त्रण गर्न खोज्नु लोकतन्त्रको मूल्य र मान्यता विपरित हो भन्दै सभापति देउवाले संघीयतालाई बलियो बनाउन सरकारले प्रतिपक्षको साथ र सहयोग लिएर हिड्न सक्नु पर्ने सुझाव दिए ।

संघीयता अव नेपालको वास्तविकता भइसकेको प्रसंग उल्लेख गर्दै सभापति देउवाले संघीयतालाई पूर्णता दिन अझै विधेयक र कानूनहरु बन्नु पर्ने बताए । सभापति देउवाले प्रतिपक्षको भूमिकामा रहेको नेपाली काङ्ग्रेस अव सशक्त भूमिका निर्वाह गर्ने तयारीमा जुटेको जानकारी दिँदै सामुदायिक विद्यालयको गुणस्तर बढाउन सरकारले पहल गर्नु पर्ने बताए ।

कार्यक्रममा पत्रकारिता क्षेत्रले जनताका मन र विश्वास जित्ने काममा लाग्नु पर्ने प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले वताएका छन् । उनले सामाजिक परिवर्तनमा पत्रकारिता क्षेत्रले दिएको योगदान सराहनीय रहेको बताए । मुलुकमा अव सबै किसिमको अप्ठ्यारो पार भइसकेकोले विकास र समृद्धिको यात्रामा सबैलाई अघि बढ्न मुख्यमन्त्री राईले आग्रह गरे ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले निश्पक्ष र सत्य समाचार लेख्नमा सर्वोच्चता हासिल गरेको न्यू सृष्टि दैनिकको सफलताको शुभकामना दिए । उनले सत्तापक्ष र विपक्षीहरुले एक आपसमा सहमति गरेर नै अघि बढ्नु पर्ने धारणा राख्दै प्रदेश सभाको तेस्रो अधिवेशनले प्रदेश नं. १ को राजधानी र नाम पनि टुङ्गो लगाउने बताए ।
नृपाली क्रिकेट टिमका कप्तान पारस खड्का र हास्यकलाकार मनोज गजुरेल मुलुकमा शान्ति स्थापना र विकासका काममा एकजुट भएर लाग्नु पर्ने बताए । कार्यक्रम न्यू सृष्टि दैनिकका प्रकाश एवं प्रधान सम्पादन शंकर खरेलले पत्रिकाले आफ्ना् स्थापना कालदेखि नै देश र जनताका लागि समाचार पस्किरहेको बताउँदै समाजमा पिछडिएका र पछौटेपनका क्षेत्रमा रचनात्मक काम पनि गरिरहेको बताए ।
कार्यक्रममा राष्ट्रिय क्रिकेट खेलाडी पारस खड्का, हास्य कलाकार मनोज गजुरेल, गायक कलाकार रामा मण्डल, गायिका आनी छोइङ डोल्पा, डा.ज्ञानेन्द्रमानसिँह कार्की र संचारकर्मीद्वय कुमार लुइटेल र गोपाल काफ्ले, शिक्षादिप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडका र ग्रिनल्याण्ड कलेजसहित २१ जनालाई पुरस्कृत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर