RUMPUM
animated ellipse animated ellipse

जवरजस्ती यौन क्रियाकलाप गरेको आरोपमा एक जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ फाल्गुन २०७५, आईतवार १९:५७
3
Shares
विराटनगर / सामाजिक संजाल फेसबुकबाट चिनजान गरी यूवतीहरूलाई एनजीओमा राम्रो जागीर दिलाई दिन्छु भन्दै यौन क्रियाकलाप गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका ५ स्थित उखुबारीमा एक यूवतीलाई जवरजस्ती करणी गर्न खोज्ने सप्तरी अग्नीसायर कृष्णसवरण गाउँपालिका २ का सन्तोषकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
महिलाले प्रहरीमा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कर्यालय मोरङका प्रवक्ता डिएस्पी घनश्याम श्रेष्ठ बताए । प्रहरीले पक्राउ परेका यादवको साथबाट मोवाईल र नगद समेत बरामद गरेको जनाएको छ । उनलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम आवश्यक अनुसन्धान कार्य भई रहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर