पूर्वाञ्चल खबर
झापा / झापाको अर्जुनधारा नगरपालिका ९ गोल्धापबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम आउँदै गरेको मे ८ प ९४२५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक अर्जुनधारा नगरपालिका ८ को घनश्याम साहको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । सोही मोटरसाईकलमा रहेका सोही स्थान बस्ने २१ बर्षीय प्रकाश राजवंशीलाई समेत चेकजाँच गर्दा निजको साथबाट लुपिजेसिक २०, फेनारगन २० र डाईजेपाम २० एम्पुल गरी जम्मा ६० एम्पुल लागुऔषध फेला परेको थियो ।
लागु औषध सहित पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।