पूर्वाञ्चल खबर
धनकुटा / धनकुटाको साँगुरीगढी गाउँपालिका ७ कातिकेमा धरानबाट धनकुटातर्फ जाँदै गरेको बसको ब्रेकफेल भई बसको ढोकाबाट हामफाल्दा एक जनाको मृत्यु भएको छ ।
कोशी राजमार्ग अन्तर्गत धरानबाट धनकुटातर्फ जाँदै गरेको को १ ख ७१६९ नम्बरको बस ब्रेक फेल भई हुँदा बसमा सवार अन्दाजी ६० वर्षको पुरुष यात्रु बसको ढोकाबाट हामफालेका थिए । आज दिउँसो बसको ढोकाबाट हामफालेर गम्भीर घाइते भई उपचारको लागि धरानस्थित वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकोमा उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
बसमा सवार अन्य ४ जना समेत घाइते भई धरानमा उपचार भईरहेको धनकुटा प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।