AArya
RUMPUM
animated ellipse animated ellipse

सोम्स कलेजमा समुह निर्माण तालिम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ फाल्गुन २०७५, आईतवार १७:२३
3
Shares

विराटनगर / विराटनगर–१० मा रहेको विराट क्याम्पस स्कुल अफ म्यानेजमेन्ट स्टडीजमा टीम विल्डीङ (समुह निर्माण)को तालीम सम्पन्न भएको छ ।

गुणात्मक शिक्षा दिने उदेश्यले वि. सं. २०४८ सालमा स्थापित क्याम्पसमा फेस नेपाल नामक संस्थाको सहकार्यमा टीम विल्डीङ (समुह निर्माण) तालीम सम्पन्न भएको हो ।

स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षामा प्रतिबद्ध यो क्याम्पस गुठीको रुपमा स ञ्चालनमा आएको शैक्षिक सत्र २०५९–६० देखि मुनाफा वितरण नगर्ने कम्पनिको रुपमा कम्पनि रजिस्ट्रार कार्यालयमा दर्ता भई सञ्चालित रहेको छ ।

त्रिभुवन विश्व विद्यालयको व्यवस्थापन संकायमा वि.वि.एस अन्तर्गत अध्यापन गराईने व्यवस्थापनको सिद्धान्त विषयलाई प्रयोगात्मक वनाई यसको आधारमा वर्षभरीमा विभिन्न दश ओटा तालीम गराईने फेस नेपालका निर्देशक तथा सहजकर्ता कैलास खाकी श्रेष्ठले वताए ।

तालीमले पाठ्यपुस्तकमा समावेश गरीएका सैधान्तिक विषयवस्तुलाई प्रयोगात्मक वनाउन सहयोगी भुमीका निर्वाह गर्ने र पठनपाठनमा थप उत्साह थपीने कुरा कार्यक्रममा सहभागी छात्र संजय गुप्ताले वताए । तालीममा विविएस प्रथम वर्षमा अध्ययनरत विधार्थीहरु सहभागी रहेका थिए ।

नेपालमा सर्टीफीकेट लिएका लाखौ छात्र छात्राहरु रहेका तर प्रयोगात्मक अथवा अभ्यास मुलक पठन पठन पाठनको अभाव तथा सीप र दक्षताको कमीले वेरोजगारी समस्या दिन प्रतीदिन जटील वन्दै गएको र वर्तमान परीप्रेक्ष्यमा आधुनिक विश्वमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी निर्माणमा गुणस्तरीय शिक्षा प्रदान गर्न यो क्याम्पस अनवरत रुपमा लागी पर्ने क्याम्पस प्रमुख आरसी. कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर