CLASSICTECH NET

सरकारले ‘छिर्के’ लगाउने काम गरो : उद्योगी

खबर पूर्वाञ्चल, ९ फाल्गुन २०७५, बिहीबार १८:३५

विराटनगर / स्वदेशी उत्पानदलाई सरकारले प्रोत्सान नदिएर निर्यातमा सहयोग समेत नगरेर ‘छिर्के’ लगाउने काम गरेको एक कार्यक्रममा उद्योगी व्यापारीहरूले बताएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवाहन समन्वय कार्यालय र मोरङ व्यापार संघको संयुक्त आयोजना विराटनगरमा आज भएको ‘नेपाल–बंगलादेश व्यापारको अवसर र चुनौती विषयक’ अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल बंगलादेश चेम्बर अफ टे«डर्सका संस्थापक अध्यक्ष पन्नालाल जैनले नेपालमा उत्पादन भएको बस्तुको विदेश निर्यातमा सरकारले कुनै सहयोगी भुमिका नखेलेको बताए । उनले उत्पादनमूलक वस्तु प्रवद्र्धन गरी निर्यातमुखी अर्थतन्त्र अबिलम्बन गर्नुको साटो सरकारले उद्योगी व्यापारीलाई छिर्के लगाउने कामगरेको बताए ।

स्वदेशी उत्पादन वृद्धि तथा प्रवद्र्धनात्मक कार्यक्रम नगरिनु, उत्पादन भएका सामग्री निर्यात हुन नसक्नु र आयातित सामग्रीमा परनिर्भरता बढिरहनुले बर्सेनी व्यापार घाटा चुलिँदै गएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरले बताए । ‘निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनका लागि सरकारले गरेका कार्यक्रम विफल हुँदै गएको छ,’ अध्यक्ष घिमिरले भने, ‘सरकारले व्यापार घाटा कम गर्न समय–समयमा थुप्रै नीतिगत प्रयास गरे पनि उपलब्धि हासिल हुन सकेको छैन । सरकारको अपरिपक्कताको कारणले व्यापार घाटा बढेको हो ।’ मोरङ व्यापार संघको अध्यक्ष पवन सारडाले सरकारले स्वदेशमा भएको उत्पादन बस्तुको प्रर्वद्धन गरि निर्यातमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल बंगलादेश चेम्बर अफ टे«डर्सका अध्यक्ष यादव पौडेलले वर्षेनी केमिकल युक्त बस्तु करौडको आयत भइरदा पनि स्वदेशी उत्पादन भएको बस्तुको प्रर्वद्धन गर्न नसकिएको बताए । ‘सम्भावना बोकेको एबोकडो, गोलभेडा किभि, घिर, दहि, गलैँचाजस्ता वस्तुको उत्पादन बढाई बजारीकरण नहँुदा नेपालको अन्तर्राष्ट्रिय बजार हिस्सा कमजोर बनेको छ,’ उनले भने, ‘अलैँची, अदुवा, चिया, कफी आदिको गुणस्तरीय उत्पादन निर्यातमा योजनाबद्ध कार्यक्रमको आवश्यकता देखिएको छ ।’ स्वदेशी उत्पादन निर्यातमा सरकारले भुमिका खेलिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै वन, पर्यटन तथा उद्योग मन्त्री जगदीश कुसैयतले उद्योगीका समस्या समाधान गर्न प्रदेश सरकार लाग्ने बताए । सन् २०२० लाई पयर्टन वर्ष मनाउनका लागि देशमा रहेका पयर्टकीय क्षेत्रहरुको प्रवद्र्धन गर्दे ढाका र काठमाडौंको वसयात्रालाई पुनः संचालन गर्न पहल गर्ने र विराटनगरलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि प्रदेश सरकारबाट सिफारिस समेत गराईसकेको मन्त्री कुसियैत जानकारी गराए ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५