पूर्वाञ्चल खबर
विराटनगर / राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने आठौ राट्रिय खेलकुदको प्रदेश नम्वर १ को प्रदेश स्तरिय छनोट प्रतियोगिता अन्र्तगत खोखोको महिला तथा पुरुष स्पर्धाको उपाधी मोरङ जिल्लाले जितेको छ ।
विराटनगर डिएभी स्कूलमा भएको महिला स्पर्धाको फाईनल खेलको निर्धारित समयमा झापा जिल्लाले मात्र ५ स्कोर बनाउन सक्यो । ६ स्कोरको सामन्य चुनौतीलाई सहजै पुरा गदै मोरङ जिल्लाले उपाधी जित्यो । पुरुषतर्फ भने मोरङले रोमाञ्चक जित निकाल्यो । मोरङ जिल्लाले दिएको २२ स्कोरको चुनौती पच्याएको झापाले निर्धारित समयमा २१ स्कोर मात्र गर्न सक्यो ।
प्रदेश १ बाट महिला र पुरुषतर्फ १२/१२ खेलाडी छनोट भएका छन् । महिलातर्फ छनोट हुनेमा मोरङकी प्रशंसा थापामगर, कृतिका श्रेष्ठ, आरती शाह, कृतिका डंगोल, रितिका थापामगर, किरण बल र नम्रता बज्रचार्य रहेका छन् । त्यस्तै झापाबाट छनोट हुनेमा सरिता बिक,सुरेजा खातुन,लिला राजबंशी,मनु तामाङ र अकृति चौधरी रहेका छन् । त्यस्तै प्रदेश १ बाट छनोट भएका खोखोका पुरुष खेलाडीहरुमा मोरङका ज्ञानेश्वेर राजवंशी,जितेश राजवंशी,अंकित गोडी,दिपक मण्डल र मोहबद अकवर रहेका छन् । झापाबाट प्रमोद साह,कुशल मेचे,निर्जन तामाङ,मनोज राजवंशी र मोहबद सविन नवाज,सुनसरीबाट मुकेश कोदार र जयकिशोर यादब रहेका छन् ।
कराँतेमा विनयलाई स्वर्ण
आठौं राष्ट्रिय खेलकुद प्रदेश १ को कराँते प्रतियोगिताको पुरुष एकल कातामा मोरङका बिनय लिम्बुले बुधवार स्वर्ण जितेका छन् । बिनयले सुनसरीका रोहित राईलाई हराउदै आठौं राष्ट्रिय खेलकुदमा पुरुष एकल कातामा छनोट भएका हुन् । पुरुष एकल कातामै खोटाङका मोतीचन्द्र राई र झापाका प्रकाश राई तेश्रो भएका छन् । टिम कातामा महिला स्पर्धामा खोटाङकी रेश्मा राई,बिद्याकला राई र नन्जु राईले स्वर्ण जित्दै आठौंको टिकट काटेका छन् । त्यस्तै पुरुष टिम कातामा सुनसरीका रोहित राई अषेश मगर र विवेक राईले स्वर्ण जित्दै छनोट भएका छन् । कुमुतेतर्फ महिला ४५ केजीमा पाँचथरकी सोनिया जवेगु र खोटाङकी डुनु राई फाईनल प्रवेश गरेका छन् । महिला ५० केजी तौल समूहमा इलामकी प्रिती बस्नेत र पाँचथरकी केनारी मेन्याङ्गपो फाईनल भिडन्त पक्का गरेका छन् ।
बक्सिङमा चन्द्रकला र मनुसा फाईनलमा
चन्द्रकला राई र मनुसा तामाङ प्रदेश १ को बक्सिङ छनोटको बुधवार फाईनलमा प्रवेश गरेका छन् । महिला ५४ केजी तौल समूको सेमिफाईन खेलमा झापाकी चन्द्रकलाले उदयपुरकी देवका भुजेललाई हराउँदा ५७ केजीमा तेह्थुमकी मनुसाले भोजपुरकी हाङदिहाङमा राईलाई पराजित गरिन् । महिला ६० केजीको सेमिफाईनलमा झापाकी सोममाया लिम्बुले तेह्थुमकी रेमिना राईलाई हराउदै फाईनलमा प्रवेश गरिन । पुरुष ६४ केजीमा पाँचथरका बक्सिङमा महिलातर्फ ६ तथा पुरुषतर्फ १० तौल समूह रहेका छन् ।
भारोत्तोलनको छनोट सम्पन्न
पुरुष ५५ केजीमा सुनसरीका लालबाबु पासवानले १६० केजी वहन गदै पहिलो इलामका गोपाल भुजेलले १०० केजी वहन गदै दोश्रो भए । पुरुष ६१ केजीमा मोरङका अरुणकुमार राजबंशी १३२ केजी भार बहन गदै पहिलो सुनसरीका दिलिप यादब १३० केजी भार वहन गदै दोश्रो भए । पुरुष ६७ केजीमा मोरङका पियुष राजबंशी १४२ केजी भार बहन गदै पहिलो र इलामकी बलवहादुर मेर्ची १३५ केजी उठाउदै दोश्रो भए । पुरुष ७३ केजीमा झापाका सुलभ बस्नेत १३२ केजी उठाउदै स्वर्ण जिते । पुरुष ८१ केजीमा मोरङका कपिलेश्वर राजबंशी १३७ केजी उठाउदै स्वर्ण हात पारे । पुरुष ८९ केजीमा उदयपुरका निर्मल रेग्मी ११० केजी भार वहन गदै पहिलो भए । पुरुष ९६ केजीमा मोरङका अर्जुन देब राजबंशीले १५५ केजीको भार वहन गदै स्वर्ण जिते ।
महिला ४९ केजीमा झापाकी करिना चौधरी १०० केजी भार वहन गदै पहिलो र इलामकी जानुका गडतौंला ४७ केजी भार वहन गदै दोश्रो भए । महिला ५५ केजीमा झापाकी राधा भुर्तेलले स्वर्ण र इलामकी सुस्मा राईले ६५ केजी उठाउदै दोश्रो भईन् । महिला ८७ केजीमा उदयपुरकी कान्ता भुजेलले ८० केजी उठाउदै स्वर्ण जितिन् ।
आठौं राष्ट्रिय खेलकुदमा समावेश ३५ खेल मध्य फुटबल, एथलेक्सि, भारोत्तोलन, टेबलटेनिस, क्रिकेट, भलिबल, तेक्वान्दो, कबड्ी, खोखो, उसु, बास्केटबल, ब्याडमिन्टन, कराँते, ह्याण्डबल, चेस, पौडी, सुटिङ, कुस्ती, आईटिएफ तेक्वान्दौ, सेपकताक्रो, फुलकन्याक कराँते, हक्की र स्क्वास गरि २५ खेलको छनोट प्रक्रिया प्रदेश १ बाट शुरु भएको हो ।
आठौंमा लगटेनिस, साईकलिङ, आर्चरी, फिन्सिङ, गल्फ, म्याराग्लाईडिङ, ट्याथलन, सफ्टेनिस, जिम्यास्टिक र शारिरिक सुगठन खेल भने राष्ट्रिय प्रतियोगिताका लागि संघबाट स्वःत छनोट भएका छन् ।