पूर्वाञ्चल खबर
विराटनगर / व्याजदर घटाउने माग सहित आन्दोलन उत्रिएका मोरङका उद्योगी व्यवसायीले जिम्मेवार पदमा बसेका पदाधिकाहरूले दिएको अभिव्यक्ति असन्तुष्ठी जनाएका छन् ।
अर्थ मन्त्रालयमा सोमबार भएको छलफलको क्रममा जिम्मेवार ब्यक्तीको बैंकको ब्याजरदका विरुद्ध दिएको अभिव्यक्ती प्रति मोरङ व्यापार संघ र उद्योग संगठनले असन्तुष्ठी जनाएका हुन् ।
मोरङ व्यापार संघका अध्यक्ष पवन शारडा र उद्योग संगठन मोरङको अध्यक्ष भीम घिमिरले पत्रकार सम्मेलन गरी असन्तुष्ठी जनाएका हुन् ।
मन्त्रालयमा भएको छलफलको क्रममा उद्योग वाणिज्य महासंघको उपाध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र वैकर्स एसोसिएसन ज्ञानेन्द्र ढुंगनाको प्रस्तुती प्रति संगठनले असन्तुष्ठी जनाएको हो । ‘उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल जिम्मेवार पदमा रहेर नीजि क्षेत्रको प्रतिनिधित्व गर्दै नीजि क्षेत्रको भावना र मर्म विपरित भएको प्रस्तुती प्रति संघको गम्भिर ध्यानाकर्षण भएको छ,’ दुई संगठनका अध्यक्षले भने ।