पूर्वाञ्चल खबर
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख तुम्वाहांङगले असहज परिस्थिती भएपनि एक नम्बर प्रदेश सरकारको काम सन्तोष जनक भएको बताए । उनले आगामी दिनमा चुनौतीको सामना गर्दै खुशी नेपाली सबृद्ध प्रदेशकालागि निरन्तर काम गर्न प्रदेश सरकारलाई शुभकामना दिए ।
सरकारले सार्वजानिक गरेको पुस्तकमा एक वर्ष भित्र गरिएका महत्वपूर्ण कामलाई पुस्तकमा ५१ पृष्ठमा समेटिएको छ । प्रदेश सरकारको एक वर्षे अवधीमा मन्त्रिपरिषदको ३७ वटा बैठक बसी एक सय ५८ वटा निर्णय गरेको वर्ष पुस्तकमा उल्लेख छ । मन्त्रिपरिषद बैठकबाट एक अध्यादेश, २३ वटा विधेयक, ३० वटा कार्यविधि र निर्देशका तथा नियमावली दुईवटालाई स्वीकृत गर्ने काम गरेको छ ।
प्रदेश सरकारको काम तथा सेवालाई प्रभावकारी बनाउन ११ वटा मन्त्रालय स्तरीय कार्यालय र त्यस अन्तर्गत एक सय ५५ वटा निर्देशनालय तथा जिल्ला स्तरीय कार्यालय स्थापना भएका छन् ।