AArya
RUMPUM
animated ellipse animated ellipse

जुत्ताचप्पल मेलामा एक करोड बढीको कारोवार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ माघ २०७५, मंगलवार २१:१५
3
Shares

विराटनगर / विराटनगरमा जारी विराट फुटवेयर एक्स्पोमा १ करोड रुपैया बराबरको कारोवार भएको छ ।

विराटनगरको मेनरोडमा माघ ९ गतेबाट शुरु भएको मेलामा एक करोड ५ लाख भन्दा बढी कारोवार भएको हो । मेलामा ८५ हजार सर्बसाधरणले अवलोकन पनि गरेका छन् ।

मेला संयोजक होमनाथ उपाध्यायले २० दिनको अवधिमा १ करोड मूल्य बराबरको ३५ हजार जोर जुत्ताचप्पल विक्री भएको बताए । स्वदेशी फुटवेयर उद्योगका गुणस्तरिय उत्पादनप्रति आम उपभोक्ताको चासो बढदो रहेको बताए ।

मेलामा एक नम्बर प्रदेश देखि भारत फारबिसगञ्ज सम्मका ग्राहक आएका छन् । फागुन ११ गते सम्म सञ्चालन हुने मेलामा १० वटा प्रतिष्ठित जुत्ताचप्पल उद्योगले १५ देखि ६० प्रतिशतसम्मको छुटमा आफ्ना उत्पादन विक्री गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर