AArya
RUMPUM
animated ellipse animated ellipse

हुण्डी कारोबारीमा संलग्न सहकारी सञ्चालकद्वारा बचत फिर्ता गर्न आलटाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ माघ २०७५, बिहीबार ०८:२७
3
Shares
फाइल तस्वीर

विराटनगर / हुण्डी कारोबारमा मुछिएको एक सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको बचत फिर्ता गर्न आलटाल गरेका छन् । विराटनगर अस्पताल रोडमा सञ्चालित आस्था नेपाल बहुद्देश्यीय सहकारी संस्थाले दुई बचतकर्ताको रकम फिर्ता गर्न आलटाल गरेका हुन् ।

गत पुस २७ गते सहकारी कार्यालयबाट हुण्डीमार्फत् आएको ६९ लाख ७५ हजार ६ सय रूपैयाँसहित प्रहरीले अध्यक्ष राजेश हेडा, म्यानेजर दीपक कर्ण र कर्मचारी सुमित साहलाई पक्राउ गरी कार्वाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको थियो ।

अध्यक्ष नै पक्राउ परेपछि सहकारी केही दिन बन्द भएको थियो । धरौटीमा छुटेका सञ्चालकले बचत फिर्ता लिन आएका कटहरी–२ आदर्श टोलका सुवास यादव र उनका बुबा राजु यादवको रकम फिर्ता नगरेका हु्न् ।

बचत फिर्ता गर्न आग्रह गरे पनि नदिएको सुबासको गुनासो छ । ‘ब्याज दिनु पर्दैन बचत मात्रै फिर्ता दिनुस् भन्दा पनि मान्दैनन्’ उनले भने– ‘उल्टै १० प्रतिशत रकम काट्छु भन्छन् ।’

सहकारीमा सुवासको ६५ हजार ५ सय र राजुको ३५ हजार १०० रूपैयाँ बचत छ । सुबास अटो कुदाउँछन् भने उनका बुबा चिया पसल गर्छन् । संघर्ष गरेर जम्मा गरेको रकम सहकारीले फिर्ता नगरेको उनको गुनासो छ ।

आस्था नेपाल बहुदेश्यी सहकारीका अध्यक्ष हेडा भने एकवर्षे फिक्स्ड डिपोजिट भएका कारण फिर्ता गर्न नमिल्ने बताउ“छन् । फिक्स्ड डिपोजिटको रकम तोकिएको समयअगाडि नै लाँदा १० प्रतिशत शुल्क काटिने र ब्याज पनि नदिने उनले बताए । ‘समय अवधि नपुगी निकाल्दा बचतको १० प्रतिशत रकम काटिन्छ’ उनले भने– ‘फिक्स्ड डिपोजिट भएकाले समय नपुगी दिन मिल्दैन ।’

यता जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेल बचतकर्ताको १० प्रतिशत शुल्क काट्न नमिल्ने बताउँछन् । ‘सहकारीहरूको आफ्नै कर्जा नीति हुन्छ’ उनी भन्छन्– ‘फिक्स्ड डिपोजिट अगाडि नै फिर्ता लिनु परे बचतको १० प्रतिशत काट्नु गलत हो ।’यो समाचाार आजको उदघोष दैनिकले छापेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर