RUMPUM
animated ellipse animated ellipse

पिकअप दुर्घटनामा ५ घाइते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ माघ २०७५, मंगलवार १८:०७
3
Shares

इलाम / पिकअप दुर्घटनामा ५ घाइते ईलामको चुलाचुली गाउँपालिका ६ तोरीबारी भन्ने स्थानमा आज पिकअप दुर्घटना हुँदा चालक सहित ५ जना घाइते भएका छन् ।

दमकबाट पाँचथरको कन्याटार जाँदै गरेको मे १ ज १६२० नम्बरको पिकअप भ्यान उकालो चढ्ने क्रममा आज दिउँसो अचानक ब्रेकफेल भई दुर्घटना भएको थियो । दुर्घटनामा परि पिकअपका चालक ईलाम चुलाचुली गाउँपालिका ६ का नविन श्रेष्ठसहित पिकअपमा सवार पाँचथर मिक्लाजुङ गाउँपालिका ५ का बिष्णु राई, सोही गाउँपालिका ६ कन्याटारकी भीमकुमारी राई, शान्ताकुमारी राई र मोरङको मिक्लाजुङ गाउँपालिका ३ का डिकमान राई घाइते भएका हुन् ।

घाइते मध्य चालकको साझा अस्पताल मधुमल्लामा उपचार भईरहेको छ भने अन्य घाइतेहरुको दमक स्थित नमस्ते अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घाइते सवेको अवस्था सामान्य रहेको इलाम प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर