RUMPUM
animated ellipse animated ellipse

संचारकर्मी सञ्चार सहकारी संस्थाद्वारा तीन जनालाई सम्मानित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ माघ २०७५, मंगलवार १७:०३
3
Shares
विराटनगर / पत्रकारहरुमात्र सदस्य रहेको संचारकर्मी सञ्चार सहकारी संस्थाले तीन जनालाई सम्मान गरेको छ ।

संस्थाकोे आज विराटनगरमा सम्पन्न सातौं वार्षिक साधारण सभाको अवसर पारेर असल ऋणी टिकाराम भुजेल, उत्कृष्ट वचतकर्ताहरु कुमोद अधिकारी र रोशन बुढाथोकीलाई प्रदेश १ का संघीय समाजवादी फोरमका संसदीय दलका नेता जयराम यादव र उद्योगी दिनबन्धु गोयलले दोसल्ला ओढाएर सम्मान गरे ।

उद्घाटन सत्रमा बोल्दै यादवले प्रदेश सरकारका तर्फबाट हालै प्रदेश सभामा सहकारी सञ्चालन सम्बन्धी विधेयक दर्ता भएको र यसलाई व्यापक छलफलपछि ऐनको रुपमा ल्याउने तयारी भएको जानकारी दिए । सहकारीले स्थानीय रुपमा आर्थिक गतिविधि सञ्चालन गर्न मद्धत पुगेको बताए । सांसद यादवले सहकारीको नीति नियममा बसेर कारोबार गर्ने प्रवृत्तिको विकास गरिनु पर्नेमा जोड दिए ।

उद्योगी गोयलले क्षेत्रगत रुपमा खुलेका सहकारीले आर्थिक चलायमानता बढाएको चर्चा गरे । जिल्ला सहकारी संघका अध्यक्ष माधव अधिकारीले सहकारी क्षेत्रमा उत्पन्न कतिपय विकृतिलाई नियमन र नियन्त्रण गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा सहकारीका अध्यक्ष मोहन भण्डारीले पत्रकारहरुको सहयोगका लागि खोलिएको संस्था निकै प्रभावकारी बन्दै गएको बताए । सहकारीका सचिव महाप्रसाद खतिवडा र लेखा अधिकृत हरिबहादुर खत्रीले समेत बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर