पूर्वाञ्चल खबर
विराटनगर / नेपाल बल ब्याटमिन्टन फेडेरेशनको आयोजनामा इन्डो–नेपाल बल ब्याटमिन्टन प्रतियोगिता मंगलबारदेखि विराटनगरमा हुने भएको छ।
विराटनगर–९ मा रहेको मदरटेरेसा बोर्डिङ स्कूलमा हुने प्रतियोगिमा नेपाल र भारतका खेलाडिहरु सहभागि हुने नेपाल बल ब्याटमिन्टन फेडेरेशनका महासचिव अमिस रेग्मीले जानकारी दिए । तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरि करिव ६० जना खेलाडि सहभागि हुने महासचिव रेग्मीले बताए ।