RUMPUM
animated ellipse animated ellipse

ए डिभिजन क्रिकेट प्रतियोगितामा पूर्वाञ्चल विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ माघ २०७५, सोमबार १६:५२
3
Shares
पूर्वाञ्चलविरुद्ध बलिङ गर्दै विराट क्रिकेटका खेलाडि । तस्वीर : पुष्पराज थपलिया

पुष्पराज थपलिया
विराटनगर । विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगितामा पूर्वाञ्चल क्रिकेट एकाडेमि विजयी भएको छ ।

विराटनर– १९ मा रहेको वैजनाथ क्रिकेट मैदानमा आज भएको खेलमा पूर्वाञ्चलले विराट क्रिकेट क्लवलाई १ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विराट क्रिकेटले निर्धारित ५० ओभरको खेलमा २५ दशमलव ३ बलमा सवै विकेट गुमाई ९८ रनमा सिमित भयो । विराटका निरज मुखियाले २६ रन जोड्दा मिनस थापाले १२ रन र निरज ठाकूरले ११ रन जोडे । पूर्वाञ्चलका अजय राजवंशीले ७ दशमवल ३ बलमा एक मेडन राख्दै १५ रन दिएर ५ विकेट लिँदा मुकुन्द यादवले २ विकेट लिए ।

जवाफमा ९९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पूर्वाञ्चलले ३२ दशमलव ३ बलमा ९ विकेटको नोक्सानीमा सो विजय लक्ष्य पार गरेको छ । पूर्वाञ्चलका म्यान अफ द म्याच सिद्धान्त लोहनीले ५८ बलमा ६ चौका प्रहार गर्दै अविजित ५५ रन बनाउँदा सौगात भट्टराईले २२ रन जोडे । विराटका मनोज मण्डलले १० दशमलव ३ बलमा एक मेडन राख्दै २१ रन दिएर ६ विकेट दिए । मंगलबारको खेल एग्रोभेट क्रिकेट क्लव र मोती क्रिकेट क्लवविच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर