पूर्वाञ्चल खबर
विराटनगर/श्री कृष्ण प्रणामी युवा परिषद जिल्ला कार्यसमिति विराटनगरले विरामी र कुरुवाहरूलाई निःशुल्क रुपमा साहाकारी भोजन गराएका छन् ।
प्रणामी युवा परिषदले आज विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भएका करिब पाँच सय जना विरामी र कुरुवाहरूलाई निःशुल्क भोजन गराएका हुन् ।
हस्पिटलमा भर्ना भएका विरामी र कुरुवालाई निःशुल्क भोजन गराएको कृष्ण प्रणामी युवा परिषद विराटनगरका सहसचिब सुमन अधिकारीले जानकारी दिए । उनका अनुसार यस पटक निःशुल्क भोजन गराएको सातौं पटक हो ।
सामाजिक कार्य अनुरुप यस युवा परिषदले विभिन्न संघसंस्था र व्यक्तिको सहयोगमा भोजन गराउँदै आएको अध्यक्ष गोकुल कोइरालाले जानकारी दिए । ‘अहिलेसम्म हामीले विभिन्न स्थानमा पुगेर भोजन गराउँदै आएको छौं,’ अध्यक्ष कोइरालाले भने, ‘पुन्य कमाउन हामीले यसरी विरामी र कुरुवा तथा असायहरूलाई भोजन गराउँदै आएका छौं ।’ हामीले चलाएको यस्तो पुन्य काममा कसैले सहयोग गर्ने चाहनुहुन्छ भने सहयोग गर्न यस संस्थाले सार्वजानिक रुपमा अपिल समेत गरेको छ ।