पूर्वाञ्चल खबर
विराटनगर / यूएई भएको पहिलो टी–२० खेलमा नेपाल यूएईसँग २१ रनले पराजित भएको छ ।
यूएईले दिएको १ सय ५४ रनको लक्ष्य पछ्रयाएको नेपाल निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेट गुमाई १ सय ३२ रन मात्र बनाउँदै २१ रनले पराजित हसन पुग्यो । नेपालका लागि पहिलो खेल खेलेका सन्दीप जोराले अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन् । उनी ५३ रनमा अविजित रहे । जोराले अन्तराष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक प्रहार गरेका हुन् । पहिलो खेलमा सन्दीपले ४२ बलमा अर्धशतक प्रहार गरेका हुन् । उनको यो पहिलो टी–२० अन्तराष्ट्रिय अर्धशतक हो। सोमपाल कामीले २७ रन बनाउँदा कप्तान पारस खडकाले २५ बलमा २५ रनको योगदान दिए । अन्य खेलाडीले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ओपनर प्रदीप ऐरी शून्य रनमा आउट भए । यूएईका मोहमद नावेद,सुल्तान अहमद र जाहुर खानले २–२ विकेट लिए ।
यस अघि आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनायो । यूएईका लागि शैमन अनवरले ३८ बलमा ५९ रन बनाउँदा मोहम्मद उस्मानले ३० रन, सीपी रिज्वानले २२ रन र मोहम्मद बुटाले २० रन बनाए ।
नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले २–२ विकेट लिएका छन् भने सोमपाल कामी र अभिनाश बोहोराले १–१ विकेट लिए ।यूएईमा नेपालले तीन खेलको २०–ट्वान्टी सिरिज खेल्ने तालीाका रहेको छ ।