AArya
RUMPUM
animated ellipse animated ellipse

बबिन स्मृती खुला ब्याडमिन्टन सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ माघ २०७५, शनिबार १७:०२
9
Shares

भिमसेनगोला / नवौ बबिन बिक्रम बिष्ट स्मृती खुला ब्याडमिन्टन प्रतियोगिता शनिबारबाट सुरु भएको छ । प्रतियोगिताको प्रमुख अतिथी संघिय प्रतिनिधी सभाका साँसद एवं पूर्व उप–प्रधानमन्त्री प्रकाशमान सिंहले अम्पायर सत्यनारायण मानन्धरलाई सटल कर्क प्रधान गर्दै उद्घाटन गरे । सोही अवसरमा प्रमुख अतिथीले क्लबको जर्सीका साथै टाईसिट खुला गरेका थिए ।

भिमसेनगोलास्थित सवै भन्दा पुरानो र सम्मानित क्लब किङ्ग कम स्पोर्टस् क्लबले सदस्य एवं खेलाडी बबिन बिक्रम बिष्टको सम्झनामा आयोजना गरेका प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अथिती सिंहले प्रतियोगिताको सफलताको शुभकामना दिंदै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्धेश्यमा लागेको क्लबले खुला कोर्र्टमा खेल्दा आई पर्ने अप्ठ्यारा अवस्थालाई समाप्त गरि आगामी संस्करण आफ्नै कभर्ड हलमा खेल्नेमा आफु बिश्वस्त रहेको र त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले संघको आफ्नै कभर्डहल नभएका कारण उत्कृष्ट खेलाडी उत्पादनमा कठिनाई भएको भन्द्र सितापाईलामा जग्गा भेटिई सकेकोले अव संघ हल निर्माण अगाडी बढ्ने बताए । आफ्नै हल नभएका कारण म्याटमा खेलाडीहरुले प्रशिक्षण गर्न नपाउनाका कारण खेलाडीहरुको क्षमतामा अभिबृद्धि गर्न नसकेको अध्यक्ष श्रेष्ठले बताए ।

क्लबका सदस्य एवं राष्ट्रिय फुटबल खेलाडी बबिनबिक्रम बिष्टको स्मृतीमा आयोजना गरिएको प्रतियोगिताको नवौं संस्करण सम्म आई पुग्दा समेत खुल्ला कोर्टमा खेल्नु परेको र घाम, हावा, पानीबाट खेललाई प्रभावित हुँदै आई रहेको भन्दै कोर्टलाई कभर्ड हलमा परिणत गर्न साँसद बिकास कोषबाट ५० लाख छुट्टाइ सकेको तर केहि प्राविधिक कारण त्यसलाई पुरा गर्न नसकेको प्रतियोगिता संयोजक तथा नेपाल ब्याडमिन्टन संघका सचिव नविनबिक्रम शाहले बताए । शाहले कभर्डहल निर्माणको प्राविधिक कठिनाईलाई हटाउन प्रमुख अतिथीलगायत त्यस क्षेत्रका साँसद थान स्थनिय जनप्रतिनिधीहरुलाई आग्रह गरे ।

भिमसेनगोलास्थित सवै भन्दा पुरानो र सम्मानित क्लब किङ्ग कम स्पोर्टस् क्लबका अध्यक्ष राजेश गुरुङ्गले क्लबले कभर्डहल निर्माण गर्न आई पर्ने सम्पूर्ण कठिनाईहरुलाई यस क्षेत्रका युवाहरुले जुझेर सामना गर्ने र आफ्नो लक्षमा पुग्ने प्रतिबद्धता ब्यक्त गरे ।

बिहानको समयमा मात्र सम्भव हुने तथा खुल्ला आकाश मुनि गर्नु पर्दा पानीका कारण कोर्ट हिलो भएकाले शनिबार प्रतियोगिता गर्न सम्भव नभएका कारण आईतबारबाट मात्र प्रतियोगिता हुने आयोजकले जनाएका छन् ।

पुरुष युगलमा मात्र प्रतिस्पर्धा हुने प्रतियोगितामा विभिन्न २० क्लब, संस्था तथा ब्याक्तिगत रुपमा करिव १ सय ५० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा राष्ट्रिय स्तरका पुरुष एकल र पुरुष युगल तर्फ शिर्ष २० बरियतामा रहेका खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् । स्थानिय स्तरमा खेलाडी उत्पादन गर्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्धेश्य रहेका कारण पुरुष एकल र युगल तर्फ शिर्ष २० बरियता प्राप्त खेलाडीहरुलाई प्रतियोगितामा प्रतिस्पर्धा गर्न बन्देज गरिएको संयोजक शाहले बताए ।

प्रतियोगितामा शिर्ष तीन स्थान हात पार्ने जोडीले नगद ४० हजार, २५ हजार र १५ हजारका साथै रनिङ्ग शिल्डका साथै मेडल, ट्रफी तथा प्रमाण पत्र प्राप्त गर्ने छन् । माघ २६ गते सम्म हुने प्रतियोगिताको अनुमानित लागत करिव ४ लाख ९५ हजारको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर