RUMPUM
animated ellipse animated ellipse

युथ फर ब्लड सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ माघ २०७५, शनिबार १६:४५
3
Shares

विराटनगर / रगतको क्षेत्रमा काम गर्दै आएको संस्था युथ फर ब्लड सबै भन्दा बढी रगत संकलन गर्ने सस्थाको रुपमा प्रथम भइ सम्मानित भएको छ ।

२०७१ सालयता हरेक वर्ष बढि रक्तदान गराउने संस्थाको रूपमा सम्मानित हुदै आएको युथ फर ब्लड फेरी सम्मानित भएको हो । मोरङ रक्त संचार सेवा दिवसको उपलक्ष्यमा नेपाल रेडक्रस सोसाईटी मोरङले प्रथम भएको एवार्ड र प्रशंसा पत्रले सम्मान गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी मोरङ शाखा अन्तर्गत क्षेत्रिय रक्तसञ्चार सेवा केन्द्रद्धारा संचालित रक्तदान जिवन दान कार्यक्रमलाई सार्थकता प्रदान गर्दै युथ फर बल्डले ८ सय ७४ पिन्ट रगत संकलन गरी मानविय सेवा प्रदान गरेको भन्दै सम्मान तथा अवार्ड प्रदान गरेको नेपाल रेडक्रस सोसाईटीका सभापति सुबोधकुमार सिहले जानकारी दिए ।

युथ फर ब्लडका मोरङ अध्यक्ष लेशांत सापकोटा र स्वयम्सेवक मनिष आचार्यले अवार्ड थापेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर