पूर्वाञ्चल खबर
सुनसरी / बिश्वआदर्श कलेज उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ हिसान सुनसरीले आयोजना गरेको स्पोर्टस मिट अन्तर्गत क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
इटहरी स्थित डिभिएम स्कूल मैदानमा आजको पहिलो सेमिफाइनल खेलमा बिश्वआदर्शले सीबी कलेजलाइ १ सय ३० रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधी नजिक पुगेको हो । टस जितेर पहिले ब्याटिङ गरेको विश्वआदर्शले निर्धारित १५ ओभरको खेलमा ३ विकेट गुमाउदै १ सय ५७ रनको योगफल खडा गरेको थियो । जसमा म्यान अफ द म्याच भुपाल लुइटेलले नटआउट ७३ रन बनाएर ४ विकेट लिदा बिकल्प आचार्यले २२ रन बनाउनुका साथै २ विकेट लिए ।
१ सय ५८ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको सीबी कलेजले १२ ओभर खेल्दै २७ रनमा अलआउट भयो । विश्वआदर्शले उपाधीका लागी बुधबार बिहान धरान आदर्श उच्च माबि र कोशी सेन्टजेम्स उच्च माबि बिच हुने अन्तिम सेमिफाइनल खेलको बिजेतासंग बिहिबार उपाधीका लागी प्रतिष्पर्धा गर्ने ब्यवस्थापक एवंम सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सीपी पौडेलले जानकारी दिए ।
पूर्वाञ्चल एकेडेमीलाई भलिबलको उपाधी नजिक
पूर्वाञ्चल एकेडेमी हिसान स्पोर्टस मिट अन्तर्गत इटहरी रंगशालामा सम्पन्न छात्र भलिबलको उपाधी नजिक पुगेको छ । मंगलबार सम्पन्न सेमिफाइनलमा कोशी सेन्टजेम्स उच्च माबिलाइ पराजित गर्दै पूर्वाञ्चल फाइनलमा पुगेको हो ।
कोशीले अब उपाधीका लागी भोली बुधबार हुने अन्तिम सेमिफाइनलमा एम्स एकेडेमी र ज्ञानदर्पण उच्च माबि बिचको बिजेता संग प्रतिष्पर्धा गर्नेछ । यसअघि मंगलबार भएको खेलमा एम्स एकेडेमीले सीबी कलेजलाइ पराजित गर्दै सेमिफाइनल प्रवेश गर्दा ज्ञानदर्पणले सुस्मा कलेजलाइ पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । यस्तै छात्रा भलिबल तर्फ कस्तुरी उच्च माबि र कोशी सेन्टजेम्स उपाधी नजिक पुगेका छन ।
मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पूर्वाञ्चल एकेडेमीलाइ पराजित गर्दै कस्तुरी उच्च माबिले फाइनलमा स्थान सुरक्षित गरेको हो । यस्तै दोस्रो सेमिफाइनल खेलमा कोशीले नेशनल एकेडेमीलाइ पराजित गर्दै कस्तुरीसंगको उपाधी भिडन्त पक्का गरेको हो । उपाधी भिडन्त भोली बुधबार बिहान हुने ब्यवस्थापक एवंम पूर्वाञ्चल भलिबल संघका सदस्य बिक्रम थापाले जानकारी दिए ।