RUMPUM
animated ellipse animated ellipse

द भ्वाइस अफ नेपालका विजेताले पथरी तताउँने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ माघ २०७५, मंगलवार १८:४३
3
Shares
पथरी / चर्चित कलाकारको साथमा पूर्वको विभिन्न स्थानमा ‘द भ्वाइस अफ नेपाल लाइफ म्यूजिकल कन्र्सट’ हुने भएको छ । उक्त कन्र्सट पूर्वको विभिन्न सहरमा हुने भएको छ । यो कन्र्सटमा द भ्वाइस अफ नेपालका बिजेता देखि फस्ट रनरअप र टपटेनमा पुगेका कलाकारहरूको साँगीतिक प्रस्तुती रहनेछ ।

पिस ल्याम्प इन्टरनेशनल प्राइभेट लिमिटेडको आयोजनामा मोरङको पथरीमा यही माघ २५ गते द भ्वाइस अफ नेपाल लाइफ म्यूजिकल कन्र्सट हुने भएको छ । आयोजक समितिले आज पत्रकार सम्मेलन गरि पथरीमा हुने लाइफ कन्र्सटको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए । पथरीपछि झापाको केर्खामा १६ गते, सुनसरीको धरानमा २१ र बिर्तामाडमा २३ गते द भ्वाइस अफ नेपाल लाइफ म्यूजिकल कन्र्सट हुने भएको पिल ल्याम्प इन्टरनेशनलका म्यानजिङ्ग डाइरेक्टर अनुप योञ्जनले जानकारी दिए ।

सो कन्र्सटको मुख्य कलाकार द भ्वाइस अफ नेपालका बिजेता सी.डी. विजय अधिकारी, फस्ट रनरअप कुसल आचार्य, सम्तक गतराज, श्रीजब थपलीयाको प्रस्तुती रहेनछ । त्यस्तै टप एडमा पुगेका श्रेया राई, सुरेखा क्षेत्री, अनु शाक्य, बिवेक वाइवा लामा चेङवालागयतको साँगीतिक प्रस्तुती रहनेछ ।

‘पूर्वको सहरमा एकै ठाउँमा यतिका संख्यामा कलाकार ल्याएर साँगीतिक प्रस्तुती हुन लागेको छ,’ योञ्जनले भने, ‘लाइभ कन्र्सटको तयारीमा हामी जुटेका छौं । यहाँ हुन लागेको साँगीतिक कार्यक्रम भव्य र सभ्य हुनेछ ।’ उक्त लाइभ कन्र्सट समापन गर्न करिब १८ देखि २० लाख रुपैयाँ खर्च हुने पिस ल्याब इन्टरनेशनका अध्यक्ष प्रेमकुमार तामाङ्गले जानकारी दिए । पथरीमा हुने लाइफ कन्र्सटमा २० हजारभन्दा बढी दर्शकको प्रत्यक्ष सहभागि हुने आयोकजले अपेक्षा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर