RUMPUM
animated ellipse animated ellipse

सञ्चारकर्मी सहकारीद्वारा तीन सम्मानित हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ माघ २०७५, शुक्रबार १९:२०
3
Shares

विराटनगर / पत्रकारहरुको आर्थिक हित र समग्र उन्नतीका लागि स्थापित सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले तीन जना शेयर सदस्यलाई सम्मान गर्ने भएको छ ।

संस्थाको वार्षिक उत्सवको अवसर पारेर उत्कृष्ट वचतकर्ताको रुपमा कुमोद अधिकारी र रोशन बुढाथोकी एवम् असल वचतकर्तामा टीका भूजेललाई सम्मान गरिने निर्णय गरेको हो । उनीहरुलाई संस्थाको यही माघ २२ गते हुने सातौ साधारणसभामा सम्मान गरिने सचिव महाप्रसाद खतिवडाले बताए ।

२०६९ सालमा स्थापित सञ्चार सहकारीमा हाल १ सय ३ सदस्य छन् । यस भन्दा अगाडि उत्कृष्ट वचतकर्ताको रुपमा तारा आचार्य, ललिता भट्टराई, शान्ति दाहाल र असल ऋणीका रुपमा शंकर लुइटेल, अनुजलाल कर्ण, तेजेन्द्र दाहाल सम्मानित भैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर