RUMPUM
animated ellipse animated ellipse

हुण्डी कारोबारीको पहिलो रोजाई इमो र भाइबर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ माघ २०७५, बुधबार ०९:०४
9
Shares
फाइल तस्वीर

विराटनगर / हुण्डी कारोबारीमा संलग्न गिरोहरूले पहिलो राजाई इमो, भाइबरको प्रयोग गर्ने गरेको प्रहरीले बताएको छ ।

एक ठाउँबाट अर्को ठाउँसम्म पैसाँ पठाउन सूचना दिन उनीहरूले मोवाइल फोनबाट सम्र्पक नगरेर इमो र भाइबर प्रयोग गर्ने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएपी घनश्याम श्रेष्ठले जानकारी दिए । ‘टेलीफोन र मोवाइलबाट सम्पर्क गर्दा प्रहरीले सजिल्लै उनीहरूको संजाललाई पक्राउ गर्ने भएको इमो र भाइबर प्रयोग गरेको पाइयो,’ डिएपी श्रेष्ठले भने, ‘भाइबर, इमो प्रयोग गर्दा लोकेशन पत्ता लाग्दैन ।’ इमो र भाइबरबाट मात्र पैसाँ बुझाउने व्यक्तिलाई सम्पर्क गरेको पनि उनीहरूले तत्काल कल गरेको डिलिट गर्ने गरेको डिएपी श्रेष्ठले बताए । पैसाँको स्रोत खुलाउन नपर्ने र भनेको बेलामा एजेन्टमार्फत स्वदेश र अन्तराष्ट्रिय स्तरमा सजिलै पैसा पठाउन सक्ने भएकाले अवैध रुपमा हुण्डी धन्दामा लाग्ने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको हो ।

‘पक्राउ परेका आस्था नेपाल बुहउद्देय सहकारी अध्यक्ष राजेश हेडा अवैध हुण्डीको धन्दामा संलग्न भएको देखियो,’ अनुसन्धानमा संलग्न अधिकारीले भने, ‘हेडाले दिनमा कम्तिमा पनि २० देखि २५ लाख रुपैयाँसम्म अवैध हुण्डीको कारोबार गर्ने गरेको प्रहरीसमक्ष स्वीकारेका छन् ।’ हेडाले हुण्डीको कारोबार कस्ता व्यक्तिको र कहाँ कहाँ गर्थे त्यो भने प्रहरीले खुलाएको छैन । ‘पुस महिनामा मात्र अवैध हुण्डीको कारोबारी र ठूलो परिणाममा नगद फेला परेको छ,’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोजकुमार केसीले भने, ‘बरामद पैसाँको अहिले सम्म स्रोत खुलेका छैन् ।’

विराटनगर क्षेत्रमा ठूलै संख्यामा अवैध रुपमा हुण्डीको कारोबार रहेको प्रहरीले बताएको छ । ‘छोटो समय अवधिमा फरक –फरक मितिमा हुण्डीको कारोबारी पक्राउ परेका छन्,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले भने, ‘विराटनगर क्षेत्रमा हुण्डीको गिरोह भित्री रुपमा अझै सक्रिय हुन सक्ने अनुसन्धानले देखाएको छ । त्यो संजाल तोडन प्रहरी लागि परेको छ । भारत र स्वदेशका विभिन्न ठाउँमा हुण्डीमार्फत पैसा पठाउनु परे यो गिरोह सक्रिया रहेको देखियो । भारतसमा पैसा पठाउनु परे यो गिरोहले यहाँ संकलन गर्ने र सम्बन्धित ठाउँमा पु¥याउने काम गरेको देखिन्छ,’ उनले भने ।

मोरङ प्रहरीले आइतबार सहकारीको आडमा हुण्डीको कारोबार गर्ने मुख्य गिरोह विराटनगरका राजेश हेडासहित तीन जनालाई पक्राउ गरेको थियो । उनी अध्यक्ष रहेको आस्था नेपाल बहुउद्देश्यल सहकारीमा छापा हान्दा र हेडा र कर्मचारी सुमित साहको साथबाट पैसाँको स्रोत खुलाउन नसकेको ६९ लाख ५७ हजार ६ सय रुपैयाँ पनि बरामद भयो । बरामद गरेको उक्त पैसाँ अवैध हुण्डी कारोबारमा प्रयोग गर्ने गरेको स्वयम पक्राउ परेका हेडाले प्रहरीलाई बताएका छन् ।

हुण्डीको कारोबारमा वर्षौदेखि लागि परेका हेडा पक्राउ परेको केही दिन अगाडी मोरङ प्रहरीलाई आएको भरपर्दा गोप्य सूचनाको आधारमा विराटनगर भन्सार कार्यालय अगाडीबाट स्रोत नखुलेको अवैध २४ लाख १५ हजार रुपैयाँ सहित हुण्डीको कारोबारमा संलग्न भारतका २ जना नागरिकलाई पक्राउ परे । पक्राउ परेका भारत अररीयाका सनोजकुमार साह र सोही ठाउँकी सुशिला देवी गुप्ता साहले हुण्डीको पैसाँ ल्याएको प्रहरीको अनुसन्धानबाट खुल्यो । मोरङ प्रहरीले पुष महिनामा मात्र ९३ लाख ७२ हजार ६ सय अवैध हुण्डी कारोबारमा प्रयोग गरिने पैसाँ र पाँच जना हुण्डी कारोबारीलाई पक्राउ ग¥यो । प्रहरीले हुण्डी कारोबार गर्ने गिरोहलाई पक्राउ गरेपछि चाँडो पैसा कमाउने उद्देश्य अनुरुप सो धन्दामा लाग्ने गरेको अनुसन्धान संलग्न प्रहरी अधिकारीहरूको भनाई छ ।

यस कारण हुण्डीमार्फत पैसा पढाउँछन्
वैधानिक तरिकाले भन्दा हुण्डीबाट पैसा पठाउँदा छिटो, पैसाँ पठाउँनेको स्रोत देखाउनु नपर्ने र बैंक मार्फत पठाउँदा भन्दा कम शुल्क लाग्ने भएकाले अवैध रुपमा हुण्डीको प्रयोग गर्ने गरेका छन् । विभिन्न व्यवसायीको आवरणमा गिरोहले अन्तराष्ट्रिय रुपमा पैसाको ओसारपसार गर्ने तथा आपराधिक क्रियाकलापको लागि हुण्डीको प्रयोग गर्ने गरेका छन् ।

१० लाख भन्दा बढीको कारोबार बैंकमार्फत गर्दा स्रोत देखाउनुपर्ने भएकोले अवैध बाटो हुण्डी रोज्ने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । प्रहरीले पक्राउ गरेको हुण्डी कारोबारीले प्रहरी समक्ष दिएको बयान अनुसार उनीहरुले १ लाख रुपैयाँ भारत पढाउँदा ३ हजार देखि ५ हजार रुपैयाँसम्म लिने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

हुण्डी के हो ?
हुण्डी एक ठाउबाट अर्को ठाउँमा पैसा पठाउने अवैध तरिका हो । राज्यले तोेकेको बाटोबाट पैसाको कारोबार नगरी अवैध तरिकाले अन्तराष्ट्रिय रुपमा पैसाको कारोबार गर्नु नै हुण्डी हो । अवैध तरिकाले पैसा पठाउने माध्यमलाई नेपाल र भारतमा हुण्डीको नामले चिनिन्छ । वैधानिक तरिकाले भन्दा हुण्डीबाट पैसा पठाउँदा छिटो र कम शुल्क लाग्ने भएकाले हुण्डी हुने गर्छ । हुण्डीमा यहाँका प्रतिष्ठित केही नाम चलेको व्यापारीहरूले समेत कारोबार गर्ने गरेको स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर