CLASSICTECH NET

मदन भण्डारी स्मृति अन्तराष्टिय आमन्त्रण इटहरी गोल्डकप हुने

खबर पूर्वाञ्चल, ३० पुष २०७५, सोमबार २१:००

सुनसरी / दोस्रो संस्करणको मदन भण्डारी स्मृति अन्तराष्टिय आमन्त्रण इटहरी गोल्डकप माघ १२ गतेदेखि हुने भएको छ ।

आयोजक राष्ट्रिय जागृति क्लबले आज इटहरीमा पत्रकार सम्मेलन गरी गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । प्रतियोगितामा नेपालका एडिभिजनका क्लबहरु मनाङ मस्र्याङदी, थ्रीस्टार, झापा ११, आयोजक राष्ट्रिय जागृती क्लब, बिभागिय टिमहरु आर्मी, पुलिस र एपीएफसंगै क्यामरुन, भारत र भुटानका टिमहरुको सहभागिता रहने क्लबका अध्यक्ष संजिव ढुंगानाले जानकारी दिए । यद्यपी टिमको अन्तिम टुंगो भने लागिनसकेको एन्फा सुनसरीका कोषाध्यक्ष कोबितजंग कार्कीले बताए ।

खप्तड गोल्ड कपको फाइनलपछी मात्र सहभागि टिमको अन्तिम नाम फाइनल हुने कार्कीले बताए । इटहरी रंगशालामा माघ १२ गतेदेखि १९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको उद्धघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने निश्चित भएको ढुंगानाले जानकारी दिए । गत बर्षपनि राष्ट्रपति भण्डारीबाटै गोल्डकपको उद्धघाटन भएको थियो ।

पहिलो संस्करणको गोल्डकप बिजेताले नगद १२ लाख पुरस्कार पाएकोमा यसबर्ष पुरस्कार राशी बृद्धी गरी १६ लाख पुर्याइएको छ । उपबिजेता टिमले नगद ८ लाख पाउनेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ३० हजार सहित ४२ इञ्चको एलइडी टिभी पाउँदा सर्वाधिक गोलकर्ताले नगद ३० हजार पाउने आयोजकले जनाएको छ । अन्य बिधागत रुपमा उत्कृष्ट हुने खेलाडीले नगद २० हजार पाउने र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले नगद १० हजार सहित ट्रफी पाउने आयोजकले जनाएको छ । गत बर्षको गोल्डकप थ्रीस्टारले जितेको थियो ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५