CLASSICTECH NET

कृषिजन्य बस्तुको उत्पादन गर्ने सहकारीलाई सहयोग गर्ने– मन्त्री कार्की

खबर पूर्वाञ्चल, २८ पुष २०७५, शनिबार १९:४७

विराटनगर / कृषिको व्यवसायीकरणमा सहयोग गर्ने सहकारीलाई सरकारले सहयोग गर्ने प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत काकीले वताएका छन् ।

जिल्ला सहकारी संघ लिमिटेड मोरङको आज २६ औ वार्षिक साधारण सभामा वोल्दै मन्त्री कार्कीले कृषि उत्पादन गरी यसमा रोजगारी सिर्जना गरी मुलुकको खाद्यान्न आयातमा हुने वैदेशिक व्यापार घाटा कम गर्ने कार्य सहकारी लाग्नु पर्नेमा जोड दिए ।

प्रदेश १ को सरकारले कृषि क्षेत्रलाई विशेष प्रथामिकतामा राखेको वताउँदै मन्त्री कार्कीले कृषिजन्य बस्तुको उत्पादन गर्ने योजना लिएर आउने सहकारीलाई सहयोग गर्न तयार रहेको बताए ।

मन्त्री कार्कीले प्रदेश सरकारले धुलो दुध र जुस उत्पादन गर्नलाई परियोजना ल्याउन लागेको जानकारी दिदै त्यसलाई आवश्यक पर्ने कच्चा पदार्थ सहकारी क्षेत्रले उपलव्ध गराएमा कृषिमै रोजगारी सिर्जना गर्न सकिने विश्वास बताए ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक रमेशप्रसाद पोखरेल, जिल्ला सहकारी संघका सल्लाहकार तथा कानेपोखरी गाउँ पालिकाका अध्यक्ष ताराबहादुर काफ्ले,, प्रदेश १ का कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्ट , रामचन्द्र गौतम, केशवप्रसाद पोखरेलले सरकारले अघि सारेको बिकास र समृद्धिको अभियानलाई सहकारी क्षेत्रले सहयोग गर्नुपर्ने बताए । संघका मोरङ अध्यक्ष डिल्ली पोखरलले संघको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

BHANU COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५