AArya
RUMPUM
animated ellipse animated ellipse

डेढ महिनापछि समातिए हुसेनका हत्यारा,

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ पुष २०७५, बिहीबार २२:००
3
Shares

सुनसरी / सुनसरी दुहबी नगरपालिका ९ का फिदा हुसेनलाई गोलीहानी हत्या गरेको आरोपमा आरोपमा चार जना पक्राउ तीन जनालाई आज सार्वजनिक गरिएको छ ।

एक जनालाई भने बाँकेमा पक्राउ गरी ल्याउँदै गरिएको सुनसरीका डीएसपी ज्ञानेन्द्र फुयाँलले जानकारी दिए ।
हत्या आरोपमा प्रहरीले सुनसरीका छाताबेलीका २८ बर्षिय सकिम हुसेन, सोही ठाँउ बस्ने ३१ बर्षिय जाबिर हुसेन र दुहबी १२ सितापुरका ६० बर्षिय विश्वम्भर यादवलाई पक्राउ गरेको छ । प्रहरीले बाँकेबाट भने २२ बर्षका जफर मियालाई पक्राउ गरेको हो ।

डीएसपी फुयालका अनुसार पक्राउ परेका सकिम र जावेद घटनाको योजनाकार हुन् । यादवले हतियार लुकाउन मद्दत गरेको प्रहरीले बताएको छ । गोली प्रहार गर्ने मुख्य सुटर भने अझै फरार छन् । सुटरको पहिचान भइसकेको बताउँदै उनले खोजी कार्य जारी रहेको बताए ।

गत मंसिर ५ गते बुधबार बिहान कान्छी श्रीमती आशा खातुन ऋषिदेवस“ग मर्निङ वाकमा निस्किएका ५५ वर्षका हुसेनमाथि उनको घरदेखि करिब डेढ किलोमिटर उत्तर जय बाबा इटा उद्योग अगाडि गोली हानी हत्या भएको थियो । छातीमा गोली लागेका उनलाई न्यूरो अस्पताल विराटनगर ल्याउदै गर्दा मृत्यु भएको थियो ।

फिदाको हत्यामा प्रयोग गरिएको हतियार दुहबी १२ मा रहेको लक्ष्मीनारायण मन्दिर परिसरबाट फेला परेको डिएसपी फुयालले जानकारी दिए । हत्याको कारण पुरानो रिसइबी र आर्थिक विवाद भएको प्रहरीले निश्कर्ष निकालेको छ ।

नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्र अन्तर्गत इलेक्टिकल हेल्परको रुपमा कार्यरत हुसेनलाई बाटो ढुकेर बसेका व्यक्तिले गोली प्रहार गरेका थिए । श्रीमतीसँग मर्निङ वाकमा निस्किएका हुसेन इटाभट्टा छेउ पुगेपछि श्रीमतीलाई घर तर्फ जान लगाएर आफू उद्योगतर्फ गएका थिए ।

श्रीमती घर तर्फ फर्कन थालेको केही क्षणमै हुसेनमाथि गोली प्रहार भएको थियो । गत असोज ४ गते सुनसरी हरिनगर २ भुटाहामा दिनदहाडै खुर्सिद आलमको गोली हानी हत्या भएको थियो । खुर्सिद हत्या प्रकरणको अझै टंगो लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर