CLASSICTECH NET

अढाई लिटर डाईलेक्स डिसी सहित महिला पक्राउ

खबर पूर्वाञ्चल, २१ पुष २०७५, शनिबार २३:०३

विराटनगर / मोरङको विराटनगर महानगरपालिका ९ महेन्द्र चौकबाट प्रहरीले लागूऔषध सहित एक महिलालाई पक्राउ गरेको छ ।

लागूऔषध डाईलेक्स डिसी अढाई लिटर, डाईजेल्याब, नुफिन र फेनारगन १५० एम्पुलसहित मोरङ धनपालथान गाउँपालिका ६ की हाल विराटनगर महानगरपालिका ९ बस्ने ३५ वर्षिय मीना रामलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले खाने तेलको ग्यालेनमा भरेर राखेको र कागजमा पोको पारेर लुकाई छिपाई राखेको अवस्थामा फेला पारी बरामद गरेको हो ।

लागूऔषध सहित पक्राउ परेकी रामलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५