पूर्वाञ्चल खबर
विराटनगर/ श्री कृष्ण प्रणामी युवा परिषद जिल्ला कार्यसमिति विराटनगरले विरामी र कुरुवाहरूलाई निःशुल्क रुपमा साहाकारी भोजन गराएका छन् ।
प्रणामी युवा परिषदले शिनबार विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भएका विरामी र कुरुवाहरूलाई निःशुल्क भोजन गराएका हुन् ।
हस्पिटलमा भर्ना भएका विरामी र कुरुवा गरि करिब पाँच सय जनलाई भोजन गराएको कृष्ण प्रणामी युवा परिषद विराटनगरका अध्यक्ष गोकुल कोइरालाले जानकारी दिए । ‘सामाजिक कार्य अनुरुप यस युवा परिषदले विभिन्न संघसंस्था र व्यक्तिको सहयोगमा भोजन गराउँदै आएको छ,’ अध्यक्ष कोइरालाले भने, ‘अहिलेसम्म हामीले विभिन्न स्थानमा पुगेर भोजन गराएको नौ पटक हो ।’ उनका अनुसार यस अघि विराटनगरस्थित कोशीअञ्चल अस्पताल र विभिन्न ९ स्थानमा छुटा–छुट्टै विशुद्ध साहाकारी भोजन गराइसकेको बताए । ‘हामीले चलाएको यस्तो पुन्य काममा कसैले सहयोग गर्ने चाहनुहुन्छ भने सहयोग गर्न अपिल गर्दछु,’ उनले भने, ‘सहयोगको लागि विराटनगरस्थित पोखरीयामा रहेको श्री कृष्ण प्रणमी युवा परिषदको कार्यालयमा सम्र्पक गर्नुहुन अनुरोग गर्दछु ।’