पूर्वाञ्चल खबर
विराटनगर विमानस्थलमा आज साँझमा सञ्चारकर्मीसंग कुुरा गर्दै सभापती देउवाले सो कुरा बताएका हुन् । निर्मला पन्त्तको हत्याका आरोपीको प्रमाणहरु मेटाएर नै अपराधीलाई उन्मुक्ति दिन खोजेको आरोप समेत लगाए । नेपाली काँग्रेस निर्मलाको परिवारले न्याय नपाएसम्म यो मुद्दालाई नछोडने बताए ।
सभापती देउवाले जनचाहना अनुुसार सरकारले काम गर्न नसकेको आरोप समेत लगाए । उनले नेपाली कांग्रेसले सदनमा सशक्त प्रतिपंक्षको भुुमिका निर्वाह गरिरहेको बताए ।
सभापति देउवाले नेपाली काँग्रेसको आगामी महाअधिवेशन तोकिएको मितिमै हुने प्रष्ट पादै “अर्ली महाधिवेशन” सम्वन्धी कुरा कतै कतैवाट उठेको सम्वन्धमा जानकारी नभएको बताए ।
कर्मचारीका कारण प्रदेश र स्थानीय तहमा जनताले सेवा र सुविधा प्राप्त गर्न दुःख पाइएको वताउँदै सभापती देउवाले कर्मचारी डर त्रास भन्दा सेवा र सुविधा वृद्धि गरी कार्यक्षेत्रमा पठाउनु पर्नेमा जोड दिए ।