RUMPUM
animated ellipse animated ellipse

माघ १८ गते सिनेमा घरमा ‘सयकडा दश’

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० पुष २०७५, मंगलवार २१:१२
3
Shares
विराटनगर / रामशरण पाठकले निर्देशन गरेको चलचित्र ‘सयकडा दश’ चलचित्र आउँदो माघ १८ गतेदेखि देशभरीको सिनेमा घरहरूमा प्रर्दशनीमा आउने भएको छ ।

निमार्ण यूनिटले विराटनगरमा आज पत्रकार सम्मेलन गरि चलचित्रको सम्पूर्ण काम पुरा भएकोले देशभरीको हलमा एक साथ यो चलचित्र प्रर्दशनीमा आउने जानकारी गराएका हुन् ।

हास्यकलाकार मनोज गजुरेलको उक्त चलचित्रमा मुख्य भूमिका रहेको छ । ‘यो चलचित्रले समाजसँग सीधै कथावस्तु जोडिएको छ, निर्देशक पाठकले भने, ‘सदाचारको वकालत चलचित्रले गर्नेछ । हामीले यसभित्र प्रेम र भ्रष्टाचारको प्रभाव र अन्तर्सम्बद्ध देखाउन लागेका छौं ।’ भ्रष्टाचारविरुद्ध प्रेम चलचित्रको बटमलाइन राखिएको छ । यस चलचित्रमा गजुरेलले सदाचारको भूमिका निवार्ह गरेका छन् । अभिनेता राजाराम पौडेलले भ्रष्टचारीको भूमिका छ ।

सायद २ का अभिनेता अमृत ढुंगाना, डेब्यु गर्ल करुणा श्रेष्ठले अनस्क्रिन रोमान्स गर्दैछन् । रवि डंगोल, रश्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौला लगायतले अभिनय गरेका छन् ।

रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दिलिप ओखेडाको नृत्य निर्देशन, कल्याण सिंहको संगीत छ । दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निमार्ण भएको चलचित्रलाई रज्जु प्रधान र उत्तम खत्री निर्मता हुन् । निर्मता तथा लेखक रज्जुको अनुसार १ करोड ६० लाख रुपैयाँ लागनीमा चलचित्र निमार्ण भएको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर