AArya
RUMPUM
animated ellipse animated ellipse

सञ्चारिका समूह १ नम्बर प्रदेशको अध्यक्षमा इन्दिरा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ पुष २०७५, शुक्रबार २०:०७
9
Shares
इन्दिरा भट्टराई

विराटनगर / सक्रिय पत्रकार महिलाहरुको संस्था सञ्चारिका समुह नेपालको १ नम्बर प्रदेश समितिको कार्य समितिको अध्यक्षमा मोरङकी पत्रकार इन्दिरा भट्टराई चयन भएकी छिन् ।

विराटनगरमा आज भएको पत्रकार महिलाहरूको एक भेलाले भट्टराईको अध्यक्षतामा ११ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।

समितिको उपाध्यक्षमा मोरङकी तारा आचार्य, महासचिवमा झापाकी राधा खनाल, सचिवमा मोरङकी विनु तिम्सीना र कोषाध्यक्षमा सुनसरीकी रोमा रिजाल रहेकी छिन् । ६ सदस्य पहिलो बैठकबाट मनोनित गर्ने अध्यक्ष भट्टराईले बताइन् ।

साविक पूर्वाञ्चल समिति रहेकोमा नयाँ संरचना अनुसार प्रदेश समिति निर्माण गरेको र यो समितिले पत्रकार महिलाहरुको हक अधिकारका सरक्षण र महिला शसक्तिकरणको क्षेत्रमा काम गर्ने अध्यक्ष भट्टराईले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर