AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन विराटनगरमा शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ पुष २०७५, बिहीबार १४:५३
3
Shares
नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राई । तस्वीर -पुष्पराज थपलिया
विराटनगर / व्यवसायिक पत्रकारिताको आधार , प्रेस स्वतन्त्रता र श्रम अधिकार भन्ने नाराका साथ नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन विराटनगरमा आजदेखि शुुरु भएको छ । सम्मेलनमा मुुलुुकभरका नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पद्धाधिकारी , महासंघ प्रदेश तथा जिल्ला सभापति गरी दुुईसय भन्दा वढिको सहभागिता रहेको छ ।

मुख्यमन्त्री राईले संघिय लोकतान्त्री गणतन्त्रलाई संस्थागत गर्न प्रेस जगतले मर्यादित भएर कलम चलाउनुु पर्नेमा जोड दिए । उनले संघियता हाम्रो लागी नयाँ अभ्यास भएकाले नयाँ प्रणाली कार्यान्वयनमा केहि अलमलीनुु सामान्य कुुरा हो त्यसलाई स्वभाविक रुपमा लिनुुपर्ने वताए । मुख्यमन्त्री राईले विभिन्न वहानमा संघियतामाथी आक्रमण गर्ने प्रयास भइरहेकाले त्यो प्रयास सफल नहुुने समेत वताए ।

नेपाल पत्रकार महासघ केन्द्रीय समितिको आयोजना र नेपाल पत्रकार महासंघ प्रदेश न १ को सहयोगमा सम्मेलन आयोजना भएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै एक नम्वर प्रदेशका मुुख्यमन्त्री शेरधन राईले नेपाली समाज नकारात्मक भावनाबाट प्रेरित रहेकोले त्यस्ता प्रबृतीलाई कसरी बदल्ने भन्ने कुरालाई सम्मेलनले विशेष भुमिका र योगदान गर्ने विस्वास ब्यक्त गरे । मुख्यमन्त्री राईले आफु पूर्ण प्रेस मैत्री बन्ने प्रयास गरेको बताउँदै प्रदेश सरकारको पहिलो निती कार्यक्रम र बजेट बक्तब्य जारी गर्दादेखिनै प्रेस मैत्री भएर काम गरेको स्पष्ट पारे ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार रहँदा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता हनन हुन्छ कि भन्ने चिन्ता नदिन आग्रह गरे । उनले प्रदेश १ सरकारले पत्रकारले आलोचना नगर्ने गरी काम गर्ने दाबी गर्दै नराम्रा काम प्रमाण सहित आलोचना गर्न सुझाए । मन्त्री कार्कीले प्रेस स्वतन्त्रताको वारेमा संचारकर्मीको पनि एउटै धारणा हुुनुुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा भएको सम्मेलनमा नेपाल पत्रकार महासंघका पुूर्व अध्यक्ष शिव गाउँले, प्रेस युूनियनका केन्द्रीय अध्यक्ष वद्री सिग्देल , प्रस चौतारीका अध्यक्ष गणेश वस्नेत, न्युुनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुुली, प्रदेश १ का सांसद जयराम यादव, पत्रकार महासंघ एक नम्वर प्रदेश अध्यक्ष विक्रम लुुइटेल , नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष वन्धुु पोखरेलले व्यवसायिक पत्रकारिताका लागी सुुद्धिकरण तथा सुुद्धिढिकरण आवश्यक रहेकोमा जोड दिए ।

सम्मेलनको वन्द शत्रमा प्रेसको समस्या र आगामी रणनिति लगायतका विषयमा छलफल हुुने छ । सम्मेलनले भोली विराटनगर घोषणा पत्र जारी गर्दै समापन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर