AArya
RUMPUM
animated ellipse animated ellipse

कार्यालय समयमा महानगरपालिका कर्मचारी आगो ताप्दै, सेवाग्राहीलाई सास्ती

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ पुष २०७५, बुधबार २१:०८
3
Shares

विराटनगर / विराटनगर– ८ की शान्तिदेवी साह किराना पसल बन्द गरि हतार हतार महानगरपालिका आइन् । घर नक्सा पास गनुपर्ने भएकोले उनी दौडिएर आज विहान कार्यालयमा आइपुगेकी थिइन् । तर, महानगरपालिकाको मुख्य गेट अगाडी कर्मचारीहरू आन्दोलनमा उत्रिएको देखेपछि उनी निराश भइन् ।

पूर्व सूचना विना कर्मचारीहरू आन्दोलनमा उत्रिदा बेकारमा दुःख मात्र पाए ।’–उनले थपिन–‘बिहीबार अझै दिनभरी कामकाज ठप्प पार्ने भन्दैछन् । एउटा नक्सा पास गर्न पनि कति पटक नगरपालिका धाउनुपर्ने हो ।’ यसरी स्थानीय तहको कर्मचारीको आन्दोलनको कारण शान्तिदेवीसँगै आएका अर्का सेवाग्राही विराटनगर– ११ पिछडाका शिवचन्द्र सिंह पनि गुनासो गर्दै थिए । आफूहरुले बिना काममा दुःख पाएको गुनासो उनल बताए । ‘बसाइसराइको सिफारिस लिन महानगरपालिका आएको थिए,’ उनले भने, ‘कर्मचारीको आन्दोलनले २ बजेपछि मात्र कार्यालय खुल्ने भन्दैछन् । सबै काम छोडर यो सिफारिस बनाउन आएको छु ।’ १० बजे नै सिफारिस बनाउन कार्यालय आएका उनी चार घण्टा कुरेर भए पनि सिफारिस लिएर जाने सिंहले बताए ।

आज विहान सेवाग्राही महानगरपालिका पुग्दा आन्दोलनमा उत्रिएका कोही कर्मचारी गेट अगाडी घुर बनाएर आगो बालेर बसेका थिए भने कोही धर्नामा थिए । महानगरपालिका भित्र सुनसान थियो ।

संघीय सरकारले भर्खरै जारी गरेको कर्मचारी समायोजन अध्यादेश २०७५ को बिरोध गर्दै स्थानीय तहका कर्मचारीले काम ठप्प पारेका हुन । सरकारले जारी गरेको अध्यादेशले साविकका स्थानीय निकायमा कार्यरत कर्मचारीको वृत्ति विकास नहुने भन्दै मुलुकभरका कर्मचारी कामकाज ठप्प पार्दै आन्दोलित बनेका हुन् । स्थानीय संयुक्त आन्दोलन परिचालन समिति गठन गरेर उनीहरुले नगर तथा गाउँपालिकाको काम ठप्प बनाएका हुन् ।

ऐनले स्थानीय तहका कर्मचारीहरको मनोवल घटाउने, झन विभेद हुने, लामो समयदेखि करार र ज्यालादारीमा सेवारतको सुरक्षाको प्रत्याभूति नहुने भएकाले आन्दोलन गरेर सरकारको ध्यानाकर्षण गरिएको स्थानीय तह ट्रेड यूनियन संयुक्त आन्दोलन परिचालन समिति विराटनगर महानगरपालिकाका संयोजक हिरालाल यादवले बताए 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर