AArya
RUMPUM
animated ellipse animated ellipse

यूवा व्यवसायि प्रसाईद्धारा दुःखीलाई सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ पुष २०७५, सोमबार १६:४५
3
Shares
जाडोको कपडा वितरण गर्दै व्यवसायि प्रसाई र सुवेदी ।

विराटनगर / मोरङको जहदा गाउँपालिका १ धुनिमा एक आर्थिक अवस्था नाजुक रहेको परिवारलाई खाद्यान्य तथा लत्ताकपडा सहयोग गरिएको छ ।

विराटनगरका यूवा तथा सामाजिक अभियान्ता सुमन प्रसाइले आज सहयोग गरे । प्रसाइले जहदा १ का अति विपन्न रानी, नेहा र सुविना मुखियालाई सिरक, डसना, झुल, तन्दा, जाडोमा लगाउने ट्रयाकसुट तीन वटा तथा खाद्यान्यको सामाग्रीहरू प्रदान गरेको कार्यक्रम संयोजक पेरिस सुवेदीले बताए ।

साना बालिकाहरू मुटु काम्ने जाडोमा कष्टकर जीवन यापन गरेको जानकारी पाएपछि उनीहरूलाई सहयोग गरेको यूवा व्यवसायी प्रसाइले बताए । कष्टकर जीवन यापन गर्दै आएका यी साना बालाकिाहरू मामल पटिको हजुरआमा सर्जि मुखियाको घरमा बस्दै आएका छन् ।

‘आर्थिक अवस्था नाजुक भएर कष्टकर जीवन जिउँदै आएको खबर युवा अभियान्ता पेरिस सुवेदी आफ्नो फेशबुक वालमा हालेका थिए,’ सहयोग प्रदान गर्दै व्यवसायि प्रसाइले भने, ‘उनकै सूचनाको आधारमा मैले यी बालिकाहरूलाई सहयो गरेको हु ।’

पानी पर्दा चुउने र जाडोमा चिसो हावा छिरेर सानो छाप्रोमा कष्टकर जीवन यापन गर्दै आएकी यी वालिकाहरूको घर जीवन विकास समाजले धमाधम निमार्ण समेत गरिदिदै आएको छ । ८ धुर जमिनमा समाजले घर निमार्ण गरिएको हो । निमार्ण कार्य धमाधम भएकोले अबको एक साता भित्रमा घर तयार भएर मुखीया परिवारलाई हस्तान्तरण गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर