AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर परियोजना : दुई बर्ष ढिलो हुँदा लागत ३ अर्ब कट्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० मंसिर २०७५, बिहीबार १६:०९
9
Shares
विराटनगर / निर्माण कार्यमा ढिला सुस्ती हुँदा विराटनगर सञ्चालित मझौला सहर एकिकृत शहरी बातावरणीय सुधार परियोजनाको कुल लागत तीन अर्ब नाघेको छ । एशियाली बिकास बैंकको ऋण सहयोगमा सञ्चालित परियोजनाको लागत तीन अर्ब नाघेको हो ।

सन २०१३ अगष्टमा सुरु भएको परियोजनाको समय सिमा मे २०१६ तोकिएको थियो । दुई अर्ब ३९ करोड रुपैयामा दुई बर्षमा सक्ने गरी सिटिसिई कालिका जेभीले ठेक्का पाएको थियो । तर ठेकेदारले समयमा नै काम नसक्दा लागत बढेर ३ अर्ब रुपैया कटेको हो ।

विराटनगर महानगरपालिकाले चार पटकसम्म प्रोजेक्ट भेरिएसन गरी गर्नुपर्ने दाहित्व पनि घटाएको छ भने निर्माण समय अवधी छ पटक थप गरी सन २०१८ डिसेम्बर १५ तारिक सम्म पू¥याएको छ ।

पटक पटक समय थप गरी निर्माण समय सिमा लम्बाइएको हो । परियोजना प्रमुख इन्जिनियर भरत न्यौपानेले ६ पटक समय थप गरीए पनि अब भने निर्माण समय अवधी थप नगर्ने बताउँछन् । ठेकेदारले ९९ प्रतिशत काम सकेका कारण डिसेम्बर १५ भित्रै काम सक्ने बताए ।

ठेक्का सम्झौता हुँदा ६२ किलोमिटर सडक कालोपत्रे, सोही मात्रामा ढल र निकास नाला निर्माण गर्नुपर्ने सम्झौता भएको थियो । तर समयमा नसकिएको परियोजनाको भेरिएसन मात्र चार पटक गरी ठेकेदारलाई सहज बनाइएको छ ।

हाल ठेकेदारले तोकिए अनुसार ४ किलोमिटर कालोपत्रे, ३४ किलोमिटर सडक नाला, ४३ किलोमिटर ढल, ३६ किलोमिटर निकास नाला र फोहोर पानी प्रसोधन केन्द्र निर्माणको काम लगभग सकेको छ ।

विराटनगरको महत्वपूर्ण परियोजनाले काम पुरा नभएपछि सोही परियोजनाको काम सञ्चालनकालागि एडिबी कै क्षेत्रिय सहरी विकाश परियोजना सञ्चालन गरिएको छ ।

सुरुमा २ अर्ब ३९ करोडमा ठेक्का पाएको कम्पनीले समय थपस“गै तीन अर्ब ९ करोड ९ लाख रुपैया भुक्तानी गरिसकेको छ । ठेक्का सम्झौतामा चार पटक भेरिएसन गरी निर्माण लागत २ अर्ब ९५ करोड रुपैया पुगेको न्यौपानेले बताए । तर त्यसमा प्राइज एडजसमेन्ट जोड्दा लागत बढ्ेर ३ अर्ब १० करोड भन्दा माथी पुग्ने छ ।

परियोजना प्रमुख न्यौपाने सम्झौताको समयमा भन्दा थप काम गर्नु परेको कारण चार पटक प्रोजेक्ट भेरिएसन गरिएको बताउछन् । ‘पहिले पिच गर्ने डिजाइन गरिएको सडकमा साइड नाला थिएन,’ उनले भने ‘ धेरै ठाउमा सडक चौडा पनि गर्नुप¥र्याे ।’

काम गर्दै जादा चार पटक भेरिएसन गरिएको बताउदै उनले काम गर्दै जादा विभिन्न समस्याहरु आएको बताए । बिजुलीको पोल, खानेपानी पाइप रोडसाइड नाला निर्माणको काम गर्नु परेकाले लगत बढाएर गर्नुपर्ने दाहित्व घटाएको स्वीकार गरे ।

ठेकेदारले फोहोर प्रसोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पू¥याएको छ । तर घर घरमा ढल निकासकालागि जोड्नु पर्ने कनेक्सन भने सकेको छैन् । परियोजना प्रमुख न्यौपानेका अनुसार दुई हजार घरहरुमा ढलको कनेक्सन पू¥याइएको छ । अझै दुई हजार भन्दाबढी घरहरुमा कनेक्स गर्न बाकी छ । कालिकाले गरे गर्न नसकेको काम क्षेत्रिय सहरी विकास परियोजनालाई जिम्मा दिने तयारी गरिएको छ ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली प्रोजेक्टको काम सक्ने मिति डिसेम्बर १५ सम्म मात्र रहेको बताए । विराटनगर महानगरपालिकाको मेयरमा पराजुली निर्वाचित भएपछि पनि तीन पटक म्याद थप गर्दै डिसेम्बर सम्म पू¥याइएको हो ।

क्षेत्रिय सहरी विकास परियोजना अन्तरगत दोस्रो फेजको काम सुरु भएको बताउँदै पराजुलीले कालिकाकालागि समय थप नगरिने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर